‘इपिएस बन्द’गर्ने दक्षिण कोरियाको चेतावनी

दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेकोु लिखित जानकारी दिँदै उनीहरूलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ।

द्विदेशीय सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत हालसम्म २२ हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएकामा ६ सय ९७ जना तोकिएको म्याद गुज्रिएपछि नेपाल फर्किनुको साटो पुरानो कम्पनी छाडेर लुकिछिपी बस्न थालेको दक्षिण कोरियाले जनाएको छ।

त्यहाँको मानव संशाधन विकास सेवा ९एचआरडी० ले नेपालस्थित इपिएस शाखालाई हालै पठाएको पत्रमा ‘नेपाली कामदार अवैध रूपमा बस्ने क्रम बढेकाले नेपाल सरकारले तत्काल पहल गरी स्वदेश फर्काउन सहयोग गर्नुपर्नेु उल्लेख छ।
एचआरडीका अध्यक्ष सोङ योङ जोङका नाममा प्रेषित पत्रमा ‘अवैधानिक नेपाली कामदार नफर्किए गत वर्ष भियतनामी कामदारलाई जस्तै नेपालीलाई पनि प्रतिबन्ध लगाउनेु चेतावनी दिइएको वैदेशिक रोजगार विभागको इपिएस शाखा प्रमुख डिल्ली बास्तोलाले बताए।

अवैधानिक बस्दा व्यक्तिगत रूपमा फाइदा नहुने र अरू वैधानिक कामदार तथा नेपालबाट भविष्यमा जानेलाई समेत समस्या पर्ने भन्दै तत्काल फिर्ता बोलाउन आह्वान गरेको उनले जानकारी दिए।

कोरियाले पहिलोपटक सन् २००८ मा इपिएसअन्तर्गत नेपाली कामदार लिने सुविधा लागू गरेको थियो। सन् २००८, २०१०, २०११ र २०१३ मा गरी इपिएस परीक्षा पास गरेर गएका नेपाली कामदार २२ हजार नाघिसकेको छ। उनीहरूका लागि सुरुमा ३ वर्ष अवधि तोकिएको थियो। पछि १ वर्ष १० महिना थप गरियो।
दक्षिण कोरियाले नेपालसहित १५ मुलुकबाट इपिएसअन्तर्गत कामदार लिँदै आएको छ। नेपालीले अरू देशको तुलनामा राम्रो काम गरेको भन्दै कोरियाले सन् २०१३ मा उत्कृष्ट ठहर्याकएको थियो। लगत्तै नेपाललाई दिँदै आएको कोटा वार्षिक १५ हजार पुर्यािइयो।
यस्तो प्रशंसा भइरहेका बेला ६ सय ९७ जनाले म्याद गुजारेर बसिरहेको भन्दै कामदार लिनै प्रतिबन्ध लगाउने चेतावनी दिइनुलाई बास्तोलाले ‘चिन्ताजनक अवस्थाु बताएका छन्। नागरिकबाट