इतिहास रच्दै पिकेः ६ सय करोडको आम्दानी

PK-filmबलिवुडमा सबैभन्दा बढी कमाउने चलचित्र बनेको आमिरद्वारा पिकेले अझै बक्स अफिसमा हंगामा मच्चाई रहेको छ । भारत र भारतबाहिर अझै पनि पिकेले राम्रो कमाई गरिराखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पिकेको सम्पूर्ण आम्दानी जोड्ने हो भने पिकेले नयाँ इतिहास नै बनाएको छ । पिकेले भारतमा ४ सय ५१ करोड भारतीय रुपैयाँ कमाई सकेको छ भने भारतबाहिर पनि १ सय ५१ करोड भारतीय रुपैयाँ कमाईसकेको छ । यसले उसको कूल आम्दानी ६ सय २ करोड पुग्छ ।
यसअघि पिके भारतमा ३ सय करोड कमाउने पहिलो चलचित्र बनेको थियो ।
राजकुमार हिरानीद्वारा निर्देशित चलचित्र पिके डिसेम्बर १९ का दिन रिलिज गरिएको थियो ।