आतंकवादी भन्दै कम्बोडियामा एक नेपालीलाई ८ वर्ष कैद

कम्बोडियाको सर्वोच्च अदालतले आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा एक नेपालीसहित तीन विदेशी नागरिकलाई ८ वर्ष कैदको फैसला बुधबार सुनाएको छ ।
कैदको फैसला सुनाइएकोमा एक नेपाली नागरिक छन् भने दुई बंगलादेशी नागरिक छन् । सन् २०११ मा अमेरिकी, ब्रिटिस र अष्ट्रेलियन दूतावासमा बम हमला गर्ने चेतावनी दिएको भन्दै अदालतले उनीहरुलाई दोषि ठहर गरेको हो । दोषि ठहर गरिएकामा नेपाली नागरिक डिपी पौडेल छन् भने बंगलादेशका रफिफुल इस्लामी र मिया मोहमद कबीर छन् ।

terrorist_court_combodiaउनीहरुले पत्रमार्फत बम हमला गर्ने चेतावनी दिएको ‘दी नोम पेन पोस्ट’ले लेखेको छ । उक्त पत्रमा बंगलादेशका रफिकुल र मिहा मोहमद कबिरले हस्ताक्षर गरेको तथा नेपाली नागरिक पौडेल आतंकवादी समूह अल कायदाको सदस्य भएकोले दोषि ठहर गरिएको नेमपेन पोस्टले लेखेको छ ।

यद्यपी उनीहरुले आफुहरुमाथि लगाईको आरोप निराधार भएको दाबी गरेका छन् । आफु दोषि नभएको दाबी गर्दै बंगलादेशी नागरिक इस्लामीले फैसालापछि भने ‘मैले बम पड्काउने योजना बनाएको भए सोधपुछको लागि बोलाउदा भाग्थे, तर म भागिन, किनकी म निर्दोष थिए, कम्बोडियामा कुनै कानुन छैन र यहाँका मान्छे अन्धा छन् । कानुन भइदिएको भए हामी ८ वर्ष जेल जाने थिएनौं ।’

उनीहरु सन् २०११ मा समातिएका थिए । दी नोम पेन पोष्टले धम्की दिइएको भनिएको तीनवटै राजदुतावासले घटनाबारे टिप्पणी दिन नमानेको भनी लेखेको छ । साथै उनीहरुले व्यपारमा सफलता हासिल गरेपछि ईष्यामा जलेका केहि व्यक्ति फसाएको हुन सक्ने यसअघि अनुमान गरिएपनि पुलिस त्यस विषयमा कुनै अनुसन्धान नगरिएको बताइएको छ ।