आणविक स्केलमा मेसिनको डिजाइन र संस्लेषणका लागि रसायनतर्फको नोबेल पुरस्कार

nobel-chemistry-2016यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ ।

आणविक स्केलमा मेसिनको डिजाइन तथा संस्लेषण गरेबापत जेन पिरेर साभेग, सर जे फ्रासर स्टोडर्ट र वर्नार्ड एल फेरिङगालाई यस वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिन लागिएको हो ।

तीन जना वैज्ञानिकले संयुक्त रुपमा विकास गरेको सो मेशिन कपालको चुल्ठोको एक हजार गुणा सानो भएको बताइएको छ ।

साभेग फ्रान्सका हुन् भने स्टोडर्ट अमेरिका र फेरिङगा नेदरल्यान्डका बैज्ञानिक हुन् । उनीहरू क्रमशः युनिभर्सिटी अफ स्टार्सवर्ग, नर्थवेस्टर्न युनिभर्सिटी र युनिभर्सिटी अफ ग्रोनिङ्गनमा आवद्ध छन् ।