आइन्सटाइनको भविष्यवाणी सय वर्षपछि प्रमाणित

अल्बर्ट आइन्स्टाइनले अन्तरिक्ष बारेमा सय वर्ष अघि गरेको भविष्यवाणी अहिले आएर सत्य सावित भएको छ । आइन्सटाइनले सय वर्षअघि अर्थात् सन् १९१६ मा सापेक्षतावादको सामान्य सिद्धान्तको आधारमा गुरुत्वाकर्षणलाई भीमकाय आकाशीय पिण्डहरुले अन्तरिक्षमा सिर्जना गर्ने एक प्रकारको भू-काल संकुचन वा वक्रताका रुपमा व्याख्या गरेका थिए।   यसै सिद्धान्तका आधारमा उनले विशाल आकाशीय पीण्डहरुले एक आपसमा अन्तर्क्रिया गर्दा गुरुत्वाकर्षण तरङ्गहरु बन्ने परिकल्पना गरेका हुन्। सय वर्षअघि उनले गरेको यही सैद्धान्तिक परिकल्पना अहिले आएर प्रमाणसहित खोज भएको हो। आइन्सटाइनले सिद्धान्ततः यस्तो हुन्छ भने पनि त्यस्ता गुरुत्वाकर्षण तरङहरु वास्तवमै मापन गर्न सकिन्छ कि सकिन्न भन्नेमा उनीले विस्तार गरेका थिएनन् । अहिले यसबारे ठोस तथ्य प्राप्त भएको छ ।

black-holeवैज्ञानिकहरुले बुधवार  यसको घोषणा गर्दै यो सफलताको खुसीलाई ग्यालिलियोद्वारा टेलिस्कोपबाट पहिलो पटक ग्रह हेरेकोसँग तुलना गरेका छन् । वैज्ञानिकहरुले यसलई खगोलशास्त्रको महत्वपूर्ण खोज भनेका छन् ।
ब्रह्मान्डमा हुने जबरदस्त टकरावबाट उत्पन्न हुने यी तरंगको खोजबाट खगोलविद धेरै खुसी छन् किन कि यसबाट ब्रह्मान्डलाई हेर्ने नयाँ दृष्टिबिन्दु मिलेको जनाइएको छ ।  वैज्ञानिकका अनुसार यो खोज फिल्मलाई आवाज दिनुजस्तै हो किन कि यी तरंग ब्रह्मान्डका आवाज हुन् ।
खोज टीममा सहभागी कोलम्बिया विश्वविद्यालयका एस्ट्रोफिजिसिस्ट स्जाबोल्क्स मार्काले भने, ‘अहिलेसम्म हाम्रो नजर केबल आकाशमा मात्रै थियो । तर हामीले त्यसको संगीत सुन्न सकेका थिएनौँ । अब आकाश पहिले जस्तो हुनेछैन ।’
शोधकर्ताले गरेको घोषणा अनुसार १.३ अर्ब वर्ष पहिले दुई ब्ल्याक होल ठोक्किएर उत्पन्न एक तरंग अन्तरिक्षको बाटोबाट १४ सेप्टेम्बर २०१५ मा पृथ्वीमा आइपुगेको छ। विशेष यन्त्रको प्रयोगबाट यो तरंगलाई वैज्ञानिकले पत्ता लगाएका हुन् ।
यस घटनाको पहिचान अमेरिकास्थित दुई भूमिगत डिटेक्टरले गरेका हुन् । यी डिटेक्टरलाई गुरुत्व तरंगबाट निस्कने अत्यन्त सानो कम्पन पनि पत्ता लगाउने गरी बनाइएको छ ।
यस परियोजनालाई लेसर इन्टरफेरोमिटर ग्र्याभिटेशनल ग्र्याभिटेशनल-वेब अब्जर्भेटरी या लिगोको नामबाट जान्न सकिन्छ । यो खोजमा मात्रै वैज्ञानिहरुले १.१ अरब डलर खर्च गरेका छन् ।