अ. ने. सा. स., बहराइन च्याप्टर गठन

logoINLSअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार एवं बहराइनका लागि कार्यवाहक नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदी (दुबसु क्षेत्री) को अध्यक्षतामा यही २०७० कार्तिक १७ गते महाकवि देवकोटा जयन्तीको उपलक्ष्यमा बसेको बहराइनमा रहनु भएका नेपाली कवि, लेखक र कलाकारहरुको एक भेलाले श्रीमतीपुनम क्षेत्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बहराइन च्याप्टरको गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा श्रीमती उषा आचार्य भण्डारी र श्रीमती कृष्ण कुमारी बिस्ट, महासचिवमा सुश्री पार्वती क्षेत्री, सचिवमा श्रीमतीचन्द्र कुमारी राई, कोषाध्यक्षमा श्रीमती निर्मला न्यौपाने र सदस्यहरुमा सर्वश्री चन्द्र गुरुड, के.पी. धिमिरे, मोहनदाहाल र परशु धिमिरे रहनु भएको छ ।

कार्य समितिको सल्लाहकारमा डा. दुबसु क्षेत्री, श्री ओम कुमार भण्डारी, र श्री टंक बस्नेत रहनुभएको छ। कार्य समितिका नवनिर्वाचित अध्यक्ष श्रीमती पुनम क्षेत्रीको अध्यक्षतामा बसेको पहिलो बैठकले बहराइनबाट निकट भविष्यमा एउटा सामयिक साहित्यिक पत्रिका प्रकाशन गर्ने र आदिकवि भानुभक्त आचार्यको द्विशतबाषिकीका उपलक्ष्यमा एक वृहत् साहित्यिक कार्यक्रम आयोजन गर्ने निर्णय गरेको छ ।