अलकायदाद्वारा अमेरिकी पत्रकारको हत्या

आतंकवादी संगठन अलकायदाले अपरहण गरेको अमेरिकी पत्रकार ल्यूक सोमर्सको हत्या भएको छ|यमनमा कार्यरत पत्रकार ल्युकलई सन् २०१३ मा lyukअलकायदाले अपहरण गरेको थियो| अलकायदाले उनलाई नियन्त्रणमा लिएर यमनमा राखेको थियो| अमेरिकी अधिकारीहरूले दिएको जानकारीअनुसार सेनाले त्यहाँ छापा मार्दा आतंककारीले उनलाई गोली हानेर हत्या गरेका हुन्|

अमेरिकाले उनलाई छुटाउनका लागि त्यहाँ सैन्य अभियानसमेत चलाएको थियो| हालै सार्वजनिक भएको एक भिडियोमा पत्रकार ल्यूकले आफूलाई बचाउन अपील गरेको देखिन्थ्यो|