अर्बपति चौधरी फोर्ब्सको सूचीमा १५९ स्थान माथि उक्लिए

binod chaudhariविश्वका अर्बपतिहरुको सूचीमा रहेका नेपालका विनोद चौधरीको सम्पत्ती बढेको छ । अमेरिकी पत्रिका ‘फोब्र्स’ ले प्रकासन गरेको सन् २०१५ को विश्वका अर्बपतिको सुचीमा समावेश चौधरीको सम्पती अघिल्लो वर्षको भन्दा २० करोड अमेरिकी डलर बढेको छ ।

लगातार तेस्रो पटक फोब्सको सूचीमा परेका नेपाली अर्बपती चौधरीको सम्पत्ती १ अर्ब ३० करोड भएको जनाइएको छ । अघिल्लो वर्ष उनको सम्पत्ती १ अर्ब २० करोड डलर थियो ।

सम्पत्ती बढेपछि उनी विश्वको अर्बपतीको सुचीमा १३०६ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष भन्दा १५९ औं माथि उक्लिएका ५९ वर्षिया चौधरी सन् २०१४ मा १४६५ औ स्थानमा थिए ।