अरबौंको चिट्ठा परेपछि…

euro millionहिजो नतिजा निस्केको युरो मिलियन खेलमा एक फ्रेन्च नागरिकले १३ करोड २४ लाख युरो (१४ अरब रूपैयाँभन्दा ज्यादा) जितेका छन् । यी विजयीले त्यत्रो पैसाले के गर्लान् ? अनायस पाएको त्यत्रो राशीको पैसा सम्झँदैमा धेरैको दिमाग खल्बलिन्छ ।

११ करोड ६५ लाख ‘क्रस कागज’ जम्मा भएकोमा एक जनाले मात्र सबै नम्बरहरू मिलाउन सफल भएका थिए । युरो मिलियन लोट्टो/चिट्ठा युरोपका ९ देशहरू स्पेन, यु. के., फ्रान्स, लक्जेमबर्ग, बेल्जियम, स्विटजरल्याण्ड, पोर्चुगल, आयरल्याण्ड र अष्ट्रियामा एकैसाथ खेलाइन्छ ।