अमेरिका नेपाल चेम्बर अफ कमर्शको संयोजनमा ‘एशिया महोत्सब’ हुँदै

अमेरिका नेपाल चेम्बर अफ कमर्श र सिटी काउन्सिल आर्टिशियाको संयुक्त आयोजनामा क्यालिफोर्नियाको लसएन्जलसमा आगामी अक्टोबर १ तारिख देखि ३ तारिख सम्म एशियाली मुलुकहरुको संस्किर्ती र ब्यापार प्रबर्दन गर्ने उद्देश्यले बृहद एशिया महोत्सब आयोजना हुने भएको छ ।

photo-USA Asia mahotsavबिहिबार अमेरिका नेपाल चेम्बर अफ कमर्शले लसएन्जलसमा आयोजन गरेको अन्तरक्रिया कार्यक्रममा भारतीय मुलका अमेरिकन ब्यापारी परिमल शाहले एशियाली मुलुकहरुको संस्किर्ती र ब्यापार प्रबर्दन गर्ने उद्देश्यले एशिया महोत्सब आयोजना गर्न लागिएको जानकारी दिएका हुन् । एशियाका १५ देशका चेम्बरहरु र सिटी काउन्सिल आर्टिशियाको संयुक्त आयोजनामा स्वप्न नगरी लसएन्जलसमा आगामी अक्टोबर ३ तारिख देखि ५ तारिख सम्म संस्किर्तिक प्रदर्शनी, फुड फेस्टिबल, हस्तकलाको प्रदर्शनी गरिने छ । कार्यक्रममा सानडियागो, क्यालिफोर्नियाका लागि नेपालका अवैतनिक बाणिज्यदुत ऋषि ढकाललाई तेस्रो मुलुकमा नेपाली गार्मेन्टको निर्यात ब्यापार गरी पहिलो स्थान हासिल गरे बापत अमेरिका नेपाल चेम्बर अफ कमर्शको तर्फबाट उत्कृष्ट ब्यापारी सम्मान प्रदान गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सिटी काउन्सिल आर्टिशियाका अलि सजाद ताज, अमेरिका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष गोकुल पौडेल, उपाध्यक्ष, राम लामा, श्री पशुपति नाथ फाउन्डेसनका अध्यक्ष भक्त थापा, एनआरएन आइसीसी सदश्य राजेन्द्र सिवाकोटी लगायतका बक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रम फिलिपिनो मूलका ब्यापारी फेलिक्स बि लोपेजले संचालन गरेका थिए ।