अमेरिकाको योर्क महाविद्यालयको पाठ्यक्रममा रामायण

अमेरिकाको न्यूयोर्क सिटि विश्वविद्यालय अन्तर्गत योर्क महाविद्यालयले आफ्नो पाठ्यक्रममा रामायण समाबेश गर्ने भएको छ|पाठ्यक्रममा रामायणमा Ramayana
भएको मानवीय मुल्यको बारेमा अध्यापन गराइने छ | अमेरिकाको न्यूयोर्कमा भएको २१ औ अन्तराष्ट्रिय रामायण परिषदमा सहभागी डा.मरसिया किज एंव डा.चेरिल स्मिथले रामायण महाकाव्य देश,धर्म र जात भन्दा निकै माथि रहेको आभास भएको बताउदै न्यूयोर्कको महाविद्यालयको पाठ्यक्रममा समावेश गर्ने निर्णय गरेको बताए |

सभामा ट्रिनिडाडका भूतपूर्व प्रधानमन्त्री वासुदेव पाण्डे समेत सहभागी थिए| उनले राम राज्य र बर्तमान प्रशासनबारे जानकारी विवेचना गरेका थिए| परिषदका अध्यक्ष लल्नप्रसाद ब्यासले रामायण मानवीय मुल्य र मान्यतामा आधारिक काब्य भएकोले सबैको ध्यान आकृष्ट गर्ने बताए |

सभामा बिभिन्न मुलुकका पाठ्यक्रममा समाबेश गरीएको रामायण महाकाव्यबारे बिभिन्न दृष्ट्रिकोणबाट चर्चा गरीएको थियो| उक्त समय अमेरिकन कलाकारहरुले रामायण सम्वन्धि नाटक समेत प्रदर्शन गरेका थिए|