अमृता रेग्मी अमेरिकी चुनावी दौडमा, जित्ने सम्भावना आशाजनक

Amrita Regmiउज्ज्वल भविष्यको परिकल्पना गर्दै अमेरिकी नागरिकता लिएका नेपाली अमेरिकनहरु अमेरिकन राजनीतिक मुलधारमा प्रवेश गर्न प्रयास गर्न थालिसकेका छन् । आउँदो नोवेम्बर ४ तारिख अमेरिकामा निर्वाचनको लागि डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी एटलान्टा जर्जियास्थित प्रतिनिधिसभा सदस्यको लागि चुनाबी दौडमा छिन् । उनको जित्ने सम्भावना आशाजनक रहेको छ । त्यो क्षेत्र रिपब्लिकनहरुको गढ भएता पनि यसअघि पनि तोडिँदै आएको छ । उत्तर अमेरिकाका नेपाली मूलका तीन जना पुरुष उम्मेदवार पराजित हुन् पुगेका छन् भने अहिलेसम्म अमेरिकन राजनीतिमा कसैले पनि खाता खोल्न सकेका छैनन ।

नेपालकी छोरी डा अमृता रेग्मीको उम्मेदवारीमा आफ्नै दलको कुनै पनि व्यक्ति प्रतिस्पर्धामा नभएको कारण आगामी नोवेम्बर ४ मा हुने चुनाबमा अमेरिकामा नेपाली जातिको सुनौलो इतिहास रच्ने अवसर सिर्जना हुन् सक्ने सम्भावना बढेर आएको छ । उनले प्रथम चरणको निर्वाचन जितिसकेकी छिन् भने दोश्रो चरण पुग्ने रेग्मी पहिलो नेपाली मुलकी भएकी छिन् । काठमाडौँमा जन्मिएकी डाक्टर अमृता रेग्मीले लामो समय अन्तर्राष्ट्रिय विकास परामर्श दाताको रुपमा काम गर्दै आएकी थिइन् । जर्जियामा रहेको पिचट्री कर्नर जोनिङग बोर्ड अफ अपिल तथा अन्य संस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरेकी रेग्मीको चुनावी अभियानलाई जर्जियामा रहेका नेपालीहरुले पनि सघाइरहेका छन् ।

त्तर अमेरिकामा सम्भवतः नेपाली समुदायको इतिहासमा दर्शन रौनियार अमेरिकाको तल्लो सदनको प्रतिनिधि सभाको लागि उम्मेदवार दिने पहिलो नेपाली अमेरिकन हुन् । उनी निर्वाचनमा पहिलो चरणबाटै बाहिरिएका थिए । उनको क्षेत्र वाशिंगटन रहेतापनि चुनाव प्रचारप्रसार गर्न सबै ठाउँमा सहभागी भएका थिए भने नेपाली समुदायको इतिहासमा नै पहिलो नेपाली उम्मेदवारी भएकोले सबै वर्गबाट अतुलनीय सहयोग पाएका थिए । संचार माध्यममा पनि जताततै छाए । तर आफनै चुनाबी क्षेत्र र आफनै डेमोक्रेटिक दलका प्रत्यासीसंग मुकवाला गर्न सकेनन, अन्तत्वगत्वा उनले ३,५३० मत मात्र प्राप्त गरि करिब ३ कुल मतको ३ प्रतिशत मत प्राप्त गरि प्राथमिक चरणमा पराजित हुन् पुगे । उनले २०१२ मा वाशिंगटनको क्षेत्र जिल्ला १ बाट आफ्नो उम्मेदवारी दिएका थिए भने उक्त क्षेत्रमा रिपब्लिकनका उम्मेदवार कोस्टर जोनले ४५ प्रतिसत मत हासिल गरेका थिए । २०१२ मा दर्शन रौनियारको पराजय नबित्दै २०१३ मा म्यारिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा बसोबास गर्ने एचबी भण्डारीले अमेरिकन प्रतिनिधि सभाका लागि जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएतापनि पहिलो चरणमा बाहिरिन पुगे । उनले आफ्ना दलका उम्मेद्वारसंग कडा प्रतिस्पर्धा गर्दा पनि चौथो स्थानमा नाम लेखाए । म्यारिल्याण्ड क्षेत्र बाट ३ हजार ८२८ मत १५ दशमवल ६ प्रतिशत मत ल्याए र उक्त क्षेत्रबाट बिजयी हुने उम्मेदवारले झन्डै १९ प्रतिसत ल्याई पहिलो चरणको निर्वाचनमा बिजयी भएका थिए । बिजयीहरुको दोश्रो चरणको निर्वाचन यही नोवेम्बर ४ तारिख हुदैछ । २०१२ मा भएको निर्वाचनमा दर्शन रौनियार प्रथम चरणमा नै बाहिरिएपछि त्यसको आंशिक नकारात्मक असर भण्डारीलाई पर्यो । आर्थिक संकलन गर्न भण्डारीलाई निक्कै मेहनत गर्नु पर्यो । अपेक्षा अनुसार जसरी रौनियारलाई सहयोग गरेका थिए, त्यस्तो आर्थिक सहयोग गर्न नसकिएको अवस्था रह्यो । नेपाली समुदायको भेला गर्दा पैसा चन्दा दिनुपर्ने भएकोले पछिल्ला समयमा सहभागिता राम्रो हुन् सकेन । भण्डारी बाल्टिमोरको एउटा सामुदायिक महाबिद्यालयमा अंग्रेजी बिषय पढाउँछन । नेपाली र अंग्रेजी दुवै भाषामा कलम राम्रो चलाउँछन भने डेमोक्राटिक दलको भातृ संगठनको युवा विभागका सचिब पनि छन् । उनी पहिलो चरणमा नै पराजित भएपछि नेपाली समुदायको आशामा तुषारापात लागेको छ । प्रतिभाशाली भएका कारण उनीसंग नेपाली समुदायले ठूलो आशा गरेको थियो । उनको क्षेत्रमा करिब ५ प्रतिशत मात्र एसियन समुदाय आँकडाले देखाएकोमा नेपालीहरुको जनघनत्व बाल्टिमोर क्षेत्रमा धेरै थियो । यसो त उनी नेपाली काँग्रेससंग सम्बधित हुन् । जसका कारण नेपालका अन्य राजनीतिक दलका समर्थकहरुले भोट नदिएको उनको विश्लेषण छ । जो उम्मेदवार आएपनि पहिलो चरणमा नै पराजित हुने भएकोले नेपाली समुदाय हतोत्साही भएका छन् । गत जुन ३० मा क्यानाडामा भएको निर्वाचनमा नेपाली मुलका र क्यानाडामा जन्मिएका दोश्रो पुस्ताका बेन्जामिन शर्मा पनि आखिर निर्वाचनमा पराजय भोग्नुपर्यो । पहिलो पुस्तामा ह्यारी एचबी भण्डारी तथा दर्शन रौनियार भएतापनि दोश्रो पुस्ताका शर्माप्रति नेपाली समुदाय ज्यादा आशाबादी भएता कन्जरभेटिव दलको प्रतिनिधित्व गर्दै केवल २ हजार २२ मत अर्थात् कुल मतको ५ दशमवल ४३ प्रतिशत मात्र प्राप्त गरि पराजित भए । उनका प्रतिद्वन्दी लिबेरल दलका एडम भुगानले ५३ दशमलव ६६ मत प्राप्त गरि शानदार बिजयी भए । बेन्जामिन शर्मा सम्भवत क्यानाडाको संसदको लागि उम्मेदवार दिने पहिलो नेपाली हुन् । उत्तर अमेरिकामा ३ जना पुरुष पराजित हुन् पुगे पनि अबको आशाकी बिन्दु भने डा अमृता रेग्मी नै हुन । – विजय थापा