अफगानीस्तानविरुद्ध नेपाल विजयी

अफगानीस्तानविरुद्ध ९ रनको विजय रच्दै नेपालले एतिहास रचेको छ । नेपालले अफगानीस्तानलाई हराएको पहिलो पटक हो । नेपालको अफगानिस्तानविरुद्ध एतिहासिक जित बनेको छ ।

NepalCricketक्रिकेट प्रतियोगितामा नेपालले वान डे मान्यता पाएको अफगानीस्तानलाई हराएको यो पहिलो पटक हो ।

सुबास खकुरेलको ऐतिहासिक अर्धशतकसँगै १४१ रन जोडेको नेपालको लागि दोस्रो इनिङमा जितेन्द्र मुखियाले उत्कृष्ट बलिङ गरे । चार ओभर बल फ्याक्दै उनले १८ रन खर्चेर ३ विकेट लिए ।

आजको खेलमा चार ओभरको बलिङ गर्दै १८ रन खर्चेर ३ वीकेट लिएका जितेन्द्र मुखिया म्यान अफ दि म्याच घोषित भएका छन ।

Nepal Cricketआजको जितले नेपालको ४ अंक भएको छ र अघिल्लो चरणको गणीतिय सम्भावना कायमै राखेको छ । आज बंगलादेश ठूलो अन्तरले पराजित भयो भने नेपाल रन रेटमा अघि रहँदै दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।