अपाङ्गता सहयोगार्थ एनआरएन बेल्जियमको सांस्कृतिक कार्यक्रम

नेपालका अपांगहरुको सहयोगार्थ एनआरएन बेल्जियमले गत शनिवार बेल्जियमको लुभेनमा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो|अपांग कलाकारहरुको लागी सहायता कोष स्थापना गर्ने उद्वेश्यले इन्टरनेशनल डिसएबिलिटी सोलिडारिटी फाउन्डेसन (डिसोफ )बेल्जियमको निमन्त्रणामा नेपालदेखि आएका कलाकार रश्मि खरेल,प्रकाश तिमिल्सिना,संजय वान्तोबा,लक्ष्मी पुन र जीवन शर्माको गायन, नृत्य र चित्रकलाका साथ सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो|
कार्यक्रममा जीवन शर्माले राष्ट्रिय गीत ‘मधेशी पहाडी,हिमालका हिमाली,सयौ जाती जनजाती हामी सबै नेपाली…’,लगायत ‘झरनाको चिसो पानी…’,’सिमली छायामा बसी…’,यस पाली त यस्तै भो आमा अर्को पाली आउने छु दशैमा…’जस्ता थुप्रै गीत गाएर दर्शकलाई मनोरन्जन दिलाए|
उनिसगै आएका बिशेष क्षमता भएका अर्का गायककार प्रकाश बान्तोवा जसले दुवै आखा देख्दैनन उनले ताली सगै मज्जा लिदै ‘यो मन त् नेपाली हो…’,‘तिम्रै हातको सिन्दुर लाउछु तिम्रै हातको टिका…’वांचुन्जेल गरौ रमाईलो…’,’प्रिय तिम्रो सिउदोमा सिन्दुर भर्न देउ…’ जस्ता गीतहरु गएर दर्शकलाई भरपुर मनोरन्जनका साथ नचाउनु नचाए र मन जिती मायाका थुप्रै कोशेली समेत पाए|

program for disabled people in Leuvenगायक द्वयको साथमा थिईन कलाकार रक्ष्मी खरेल |महिला समुहको सहयोगमा काठमाडौंमा अपांग पुनर्स्थापना केन्द्र स्थापना गरी हाल ५५ जना अपांगबालबालिकालाई संरक्षण दिदै आएकी खरेलले आफ्नो एक खुट्टाको साथले ‘पानि मिठो ईलाम बजारको….’,गीतमा नृत्य गरेर सबैलाई छक्क पारिन |एक खुट्टाको साथले नाचेका थाहा नपाएका कतिपय दर्शकहरु अचम्म परे|सुन्दर पहिरनमा सजिएर ‘मै राम्री हुन हुन् के गरु भन्देउ..’भन्ने बोलको गीतमा के नाच्न शुरु गरेकी थिईन ,दर्शक पनि उनी सगै तालमा ताल मिलाउदै नाचेनन मात्र सहानुभूतिमा सहयोगका कोशाली पनि बर्षाए |
गीत र नृत्य कार्यक्रम संचालन भै रहेको मंचको छेउमा संजय बान्तोवा कागजमा रंग भर्दै थिए|के गर्दै होलान भनी सोचिरहेका दर्शकमाझ करिव २ घन्टाको समय पछी उनले एक सुन्दर आकृति दर्शक तिर फर्काईदिएर सबैलाई दंग पारीदिए |दुवै खुट्टा नचल्ने वान्तोवाको चित्र सबैले राम्रो सग हेर्ने भ्याएका पनि थिएनन उनको नजिकै रहेका कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङले भावुक हुदै कला र मिहिनेतको चित्र किनेर सहयोग गर्ने घोषणा गरिहाले|सहानुभूतिका साथ सहयोगको आनन्द लिदै दर्शकहरु कलाकारलाइ बिदा गर्दै बाहिरिए |युरो भ्रमणको निम्ति सेप्टेम्बरको पहिलो साता बेल्जियम आईपुगेका कलाकारको अक्टोबर २१ मा नेपाल फर्कने कार्यक्रम रहेको थियो|
एनआरएन बेल्जियमको उपाध्यक्ष शारदा अर्यालको सभापतित्वमा संपन्न कार्यक्रमको संचालन संघका महासचिव माधव सापकोटा र महिला संयोजिका यशोदा थापाले गरेका थिए|’एनआरएन राहतकोष’ को घोषणा गरेको एनआरएन बेल्जियमले कोष स्थापना सहयोगार्थ केहि महिना अघि नायिका द्वय नन्दिता के.सी र गरिमा पन्तको साथै गायक मिग्मा शेर्पाको साथमा समेत अन्त्वेर्पेनमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो|संघले कोष बढाउनको निम्ति आउदो जनवरीमा नेपालबाट कलाकार झिकाई सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको संघका महासचिब माधव सापकोटाले जानकारी गराएका छन्|