अन्तर्राष्ट्रिय सम्मेलनका लागि सरुभक्त बेल्जियममा

बेल्जियममा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ साहित्यकार सरुभक्त बेल्जियममा आउनु भएको छ । त्यसै गरी प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, श्रीओम श्रेष्ठ रोदन, रमेश अधिकारी, शेखर अधिकारी र इन्द्र श्रेष्ठ पनि सम्मेलनको लागि बेल्जियमा हुनुहुन्छ । त्यसैगरी एन.आर.एन.ए. का पूर्व अध्यक्ष जीवा लामिछाने आइतवार आइपुग्ने कार्यक्रम छ ।

प्रवासमा नेपाली भाषा र साहित्यको प्रचारप्रसार एंव संरक्षण तथा संवर्द्धन गर्ने उद्वेश्यले अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलनको आयोजना गरेको हो। सम्मेलन यहि अगस्त १६ र १७ गरि दुइ दिन सम्म बेल्जियमको लुभेनमा सम्पन्न हुने भएको छ ।

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सँस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास अध्यक्ष पदम विश्वकर्मा लगायत विश्वभरबाट नेपाली साहित्यकारहरू सहभागी हुँदै छन। दुइ दिन सम्म चल्ने सम्मेलनमा नेपाली भाषा साहित्यको विश्वव्यापीकरणका साथै युरोपमा नेपाली भाषा साहित्यको विकाश र आगामी कार्यक्रमबारे घोषणा पत्र जारि गरिने छ। दोस्रो दिनको कार्यक्रममा विभिन्न साहित्यिक विषयहरूमा कार्यपत्र प्रस्तुत र टिप्पणी हुने कार्यक्रम पनि रहेको छ ।

आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्मजयन्ती समेत सोहि दिन मनाईने र सम्मेलन पश्चात प्राप्त रचनाहरु संकलन गरि ग्रन्थ प्रकाशन गरिने आयोजकले बताएका छन।Picture3