अन्तर्राष्ट्रिय उपाधी विजेता नेपाली नायिकाको बिबाह बेल्जियममा

अभिनेत्री गरिमा पन्त बिबाह बन्धनमा बाधिएकी छन । बेल्जियम स्थित नेपाली व्यावसायी हरि शर्मा थपलिया संग बैबाहिक जीवनमा बाधिएको उनले विहिवार फेसबुक मार्फत घोषणा गरेकी हुन् ।garima 1

झन्डै चार वर्ष अगाडी पन्तको थपलिया संग बेल्जियममा भेट भएको थियो । त्यस बेला देखि नै पन्त र थपलिया बीच अफेयर्स चलेको थियो । करिब चार महिना अघि बेल्जियम आएकी उनि  ‘गरि शुशी’ रेस्टुरेन्ट ओपनिङमा  पन्त थपलिया संगै स्वागतापेक्षीका रुपमा देखा परेकी थिइन् । त्यतिबेला एक अर्का बिचको अफेयर्स सार्वजनिक भए पनि नेपाली दर्शक र फिल्म उधोगका त्यति धेरैलाई थाहा थिएन।

डेढ दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभिनयका साथै नेपाली चलचित्र झोलाबाट पहिलो अन्तराष्ट्रिय उपाधी हात चर्चामा रहेकी  तनहुकी नायिका गरिमा पन्तले बेल्जियमबाट बिबाहको घोषणा गर्दै नेपाली दर्शकलाई सरप्राइज दिएकी छन। उनले सामाजिक क्षेत्रमा सहयोग गर्ने मनसाय प्रकट गर्दै  ‘गरिव /जेहन्दार विद्यार्थी सहायता अक्षयकोष’  स्थापना गर्ने निर्णय समेत गरेकी छन ।