अन्तरिक्षबाट पृथ्वीका हरेक व्यक्तिलाई इन्टरनेट दिने प्रविधि

इन्टरनेट दिनानुदिन सस्तो र ब्यापक त हुँदैछ अब सबैले निःशुल्क चलाउन पनि पाउने छन् । शक्ती र प्रविधिको सुपर पावर अमेरिकाको एउटा कम्पनीले संसारभरका इन्टरनेटलाई सुविधा उपलब्ध गराउने योजना बनाइरहेको छ। अमेरिकामा कार्यरत एक कम्पनी मेडिया डेभलपमेन्ट फन्डले (एमडिएफ) सन २०१५ सम्ममा पृथ्वीमा बस्ने प्रत्येक व्यक्तिलाई इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ यस्तो योजना बनाइरहेको समाचार डेली मेल अनलाइनले जनाएको छ।

स-साना भू-उपग्रहहरू प्रशस्त छोड्ने योजना छ । फोटो- डेली मेल
स-साना भू-उपग्रहहरू प्रशस्त छोड्ने योजना छ । फोटो- डेली मेल
एमडिएफले संसारभरका नागरिकलाई उपलब्ध गराउने इन्टरनेटको नाम आउटरनेट राखिएको छ। एमडिएफले यही आउटरनेट नामक करीब सयौं स्याटेलाइटलाई पृथ्वीको वरीपरी फिजाउने गरी तयारी गरिरहेको छ। चिन र उत्तरकोरिया बाहेकका देशहरुमा इन्टरनेटको पहुँच समेत पुर्‍याउने बताइएको छ। आउटरनेट नामक स्याटेलाइटले फालेको इन्टरनेट केही समयकोलागि निःशुल्क उपलब्ध हुनेछ।

एमडिएफले संसारभरका करीब ६० प्रतिशत मानिसहरुसँग कम्प्युटर र मोवाइल उपलब्ध भएको र करीब ४० प्रतिशत मानिसहरु मात्रै इन्टरनेटको पहुँचमा रहेको दाबी गरेको छ। यही उद्देश्यले एमडिएफले संसारभर नेट उपलब्ध गराउन लागिएको बताएको छ ।