अनेसास अध्यक्षमा पदम विश्वकर्मा निर्वाचित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा अमेरिका निवासी पदम विश्वकर्मा निर्बिरोध निर्वाचित भएका छन| अध्यक्षका अर्का प्रत्यासी कमला प्रसाईले दर्ता गराएको उम्मेद्वारीलाई निर्वाचन आयोगले बिगतमा उनिमाथि भएको कारवाहीको कारण देखाउदै अयोग्य जनाएपछि पदम विश्वकर्माको समुहलाई निर्वाचित घोषणा गरीएको हो |

जुलाई ५ मा सम्पन्न निर्वाचन आयोगको बैठकले निर्वाचनको क्रमममा बिधिसंवत तरिकाले एक/एक जना बाहेक दुई वा सो भन्दा बढी उम्मेद्ववारको उम्मेदवारी नपरेको अवस्थामा अन्तिम नामावली प्रकाशनको सुचिमा प्रकाशित उम्मेदवारहरु नै तत् तत् पदमा स्वत बिजयी भएको सर्वसंवत निर्णय गरेको थियो|

आगामी दुई बर्षे कार्यकालका लागी राधेश्याम लेकाली नेपाल वरिष्ठ उपाध्यक्ष ,राम खत्री न्यूयोर्क⁄यु.एस क्षेत्रीय उपाध्यक्ष, उत्तर अमेरिका⁄ल्याटिन अमेरिका, प्रकाश पौडेल ′′माइला″ जापान क्षेत्रीय उपाध्यक्ष एसिया ,सुमलकुमार गुरूंग यु.के क्षेत्रीय उपाध्यक्ष युरोप ,भीमसेन सापकोटा अष्ट्रेलिया क्षेत्रीय उपाध्यक्ष अष्ट्रेलिया ,असेनिया र अफ्रिका ,गोवर्धन पूजा मासाचुसेट⁄यु.एस महासचिव ,प्रकाश नेपाल भर्जिनिया⁄यु.एस सचिव ,गीता पन्थ न्यूयोर्क⁄यु.एस कोषाध्यक्षमा निर्वाचित भएका छन|Literary society

निर्वाचन आयोगले निर्वाचित पदाधिकारीको घोषणा गरे लगत्तै प्रत्यासी कमला प्रसाईले भने एक वक्तव्य जारी गर्दै आफ्नो उम्मेद्वारी फिर्ता नलिएको जनाएकी छिन |उनको  अध्यक्ष पदको लागी यो उम्मेदवारी तेश्रो पटकको थियो|