अनाथको आवाज बोकेर कामे मगर सगरमाथा चढ्ने

अनाथ बालबालिकाको आवाज बोकेर “सोलु बालकल्याण अनाथालय”का अध्यक्ष कामे मगर सगरमाथा चढ्ने भएका छन्| उनले सगरमाथाको शिखरबाट अनाथ बालबालिकालाई सहयोग गर्न आव्हान गर्नेछन| उनि २०१४ को मार्च ७ मा सगरमाथा चढ्दै छन्|
कामे मगरट्रेकिंगको बेला भेटिएका अनाथलाई आफ्नो संरक्षणमा लिदै आएका कामेले बालबालिकको लागि कतैबाट पनि सहयोग जुटाउन नसके पछी आर्थिक अभावका कारण उनीहरुको हेरचाहमा कठिनाई आएको उल्लेख गर्दै सगरमाथा चढ्ने निधो गरेको बताए|सगरमाथा चढ्ने रकम उनीहरुको हेरचाहमा लगाउनु उपयुक्त हुदैन र? भन्ने एक प्रश्नमा उनले भने “सहयोगको नाममा रकम जुटाउन सकिन|जुटे पनि त्यो एकादुइको लागी होला तर सबैको लागी दिर्घकालिन हुन सक्दैन त्यसैले सबै अनाथको संरक्षणको लागी मैले यो निर्णय गरेको हु|”
दैबी प्रकोप वा अन्य कारणले अनाथ बनेका बालबालिकाको अभिभावकले सगरमाथा चढ्नु उनीहरुको लागी पनि जोखिमपूर्ण हुदैन र? भन्ने अर्को प्रश्नमा उनले भने-“हो|यो जोखिमपूर्ण कार्यले नै अनाथ संरक्षणमा राज्यको ध्यान जानेछ|यात्राको जुनसुकै अवस्था रहेपनि नेपाल र नेपालीको उनीहरु प्रतिको जिम्मेवारी थपिनेछ|” भनाई कै क्रममा उनले थपे “त्यस पछी कोहि पनि अनाथ रहने छैनन्|सबै अनाथहरूको शिर सगरमाथा जस्तै ठाडो हुनेछ|”
बिगत २३ वर्ष देखि ट्रेकिंग पेशामा लागेका कामेले दुई बर्ष अगाडी सहयोग जुटाउने उद्वेश्यले “सोलु बालकल्याण अनाथालय”नामक सस्था समेत खोलेका थिए|उनको साथमा हाल २५ अनाथ बालबालिका रहेका छन्| करिब ३ देखि १२ बर्षका बालबालिकाले चाबहिल स्थित जे.एस स्कुलमा अध्ययन गरिरहेका छन् भने आशा मगर र सुलोचन बजगाईंले एस एल सी सम्मको अध्यान पुरा गरिसकेका छन्| उनले १२ कक्षा सम्मको अध्ययनमा सघाउने लक्ष्य लिएका छन्|
उनि सगरमाथा चढ्न लाग्ने खर्च जुटाउने शिलशिलामा हाल युरोपको यात्रामा छन्| इटालीमा रहेका उनले त्यहाँ मिङ्ग शेर्पाको सहयोगमा नेपालीहरुलाई भेट्ने छन् | त्यसै गरी ८ मा स्विजरल्याण्ड र १३ मा जर्मनीका नेपालीहरुसग भेटघाट गर्दैछन|
उनले घर भाडामा लिएर बालबालिकालाई आश्रय दिइरहेका छन्| उनले २५ जनाको निम्ति बार्षिक डेढ लाख रुपयाँ सम्म खर्च लाग्ने जानकारी गराएका छन्|आफ्नो ट्रेकिंग पेशाले मात्र धान्न धौ धौ भएको उल्लेख गर्दै गैर आवासीय नेपालीहरुबाट पनि सहयोगको आशा ब्याक्त गरेका छन्|(सहयोगको निम्ति www.soluchildwelfare.org)
दीपकज्योति पौडेल