सनातन हिन्दू राष्ट्र नेपाल पुनःथापनाका लागि संयुक्त संघर्ष समितिले बिहीबारदेखि झापाको बिर्तामोडमा रिले अनसन सुरु गरेको छ । माघ ८ मै संविधान जारी गर, संविधानमा हिन्दू राष्ट्र नेपाल कायम गर भन्ने मूल नाराका साथ सुरु गरिएको रिले अनसन माघ ९ गतेसम्म जारी रहने बताईएको छ ।
कांग्रेसका कार्यकर्ता हर्कलाल गिरीको अध्यक्षतामा विर्तामोडमा औपचारिक कार्यक्रम गरी सुरु गरिएको रिले अनशनमा आयोजक संयुक्त संघर्ष समितिका पदाधिकारीहरु बसेका हुन् ।