हाँस्य कलाकार राजपाल यादवलाई १० दिन जेल

rajpal yadavबलिउडका हाँस्य कलाकार राजपाल यादवलाई दिल्लीको उच्च अदालतले १० दिनको न्यायिक हिरासतमा पठाएको छ । राजपाल र उनकी पत्नी राधा यादवविरुद्ध दायर ऋण लिएको ५ करोड असुली मुद्दाका सम्बन्धमा राजपाललाई १० दिनका लागि न्यायिक हिरासतमा पठाइएको हो ।

अभिनेता राजपालविरुद्ध ५ करोड भारतिय रुपैया समयमै फिर्ता नगरेको मुद्दा दायर भएको थियो । राजपालले आफ्नो फिल्म ‘अता–पता–लापता’ निर्माणका लागि सन् २०१० मा मुरली प्रोजेक्टस प्राइभेट लिमिटेड कम्पनीबाट ५ करोड भारु ऋण लिएका थिए । तर, उक्त रकम फिर्ता गरेका छैनन् । उनी विरुद्ध झुठो बयान दिएको आरोप पनि लागेको छ ।

राजपालले यसअघि अदालतसामु उक्त रकम ब्याजसहित फिर्ता गर्ने बताए पनि सो रकम अहिलेसम्म पनि फिर्ता नगरिएपछि अदालतले सो निर्णय लिएको हो ।

राजापालले ‘हेरा फेरी’, ‘भूल भुलैया’, ‘क्रिस–३’ लगायतका बलिउड फिल्ममा अभिनय गरेका छन् । । विशेषतः उनी पर्दामा हाँस्य कलाकारको भूमिकामा देखिन्छन् ।

राजपालकी श्रीमती राधा यादवलाई पनि अदालतको मुद्दामाथि कहश चलुन्जेलका लागि न्यायिक हिरासतमा पठाएको जनाइएको छ ।