हस्तलिखित राहदानीहरू प्रतिस्थापन गर्न नेपाली दूतावास ब्रसेल्सको आग्रह

हस्तलिखित राहदानीहरू प्रयोग गरीरहेकाहरूले मेशिन रिडेबल राहदानी प्रतिस्थापन गर्नका लागि बेनेलक्स (बेल्जियम, नेदरल्याण्स् र लक्जेमबर्ग) मा रहेका नेपाली नागरिकहरूलाई नेपाली दूतावास ब्रसेल्सले आग्रह गरेको छ ।

Passport_nepalहाल प्रयोगमा रहेको नेपाली हस्तलिखित राहदानीहरू अन्तर्राष्ट्रिय नियमअनुसार आउँदो नोभेम्बर २४ सम्ममात्र मान्यताप्राप्त हुन्छन् । तत्पश्चात् हस्तलिखित राहदानी अस्वीकृत हुने र मेशिन रिडेबल राहदानी मात्र वैधानिक मानिनेछन् ।

राहदानी विभागको वेबसाइट www.dopmofa.gov.np मा गई नयाँ ढाँचाको फर्म डाउनलोड गर्न सकिने र यस्तो फर्म प्रिन्ट गर्दा Page Scaling Option मा गई None वा Autosize क्लिक गरी आवस्यक २ कपी अर्डर गर्न सकिने दूतावासले जानकारी गराएको छ । यससम्बन्धी विस्तृत जानकारी www.nepalembassy.be मा पनि रहेको ब्रसेल्स दूतावासका द्वितीय सचिव लक्ष्मण खनालले बताउनु भएको छ ।