हलिउडमा नेपालीले बनाए फिल्म

the treason2dil-shresthaविश्वभर चलचित्र क्षेत्रमा प्रवेश गर्नेहरुका लागि अन्तिम सपना हुने गर्छ– हलिउड फिल्म उद्योग । धेरैले चाहेर पनि यो सपना पूरा गर्न सक्दैनन् । तर एक नेपाली युवाले हलिउड फिल्म निर्देशनसम्मको यात्रा पूरा गरेका छन् । हो, अमेरिकाको लस एन्जलसमा बस्दै आएका नेपाली युवा दिल श्रेष्ठले पहिलोपटक हलिउड फिल्म निर्देशन गरेका हुन् । श्रेष्ठले “द ट्रिजन” नामक अंग्रेजी फिल्म निर्देशन गरेका छन् । उक्त फिल्मको पोष्टर बुधबार लस एन्जलसमा सार्वजनिक गरियो ।
dil's film1चर्चित अभिनेत्री क्यान्डिस मल स्टार र प्रर्दशनमा आउन लागेको अंग्रेजी फिल्म “हाईवे टु धम्पुस” का निर्माता जसवन्त श्रेष्ठले “द ट्रिजन” फिल्मको पहिलो पोस्टर सार्वजजनिक गरेका हुन् ।
जसवन्त श्रेष्ठको मुख्य भूमिका रहेको “द ट्रिजन” मा बेन बाङ, मोविन खान, ली कोष्टेलो, क्रीश बाउण्ड, केली भी डोलानजस्ता चर्चित कलाकारले अभिनय गरेका छन् ।
अमेरिकाबाट प्रसारण हुँदै आएको ह्वाइट हिमाल टेलिभिजनका अनुसार जसवन्त श्रेष्ठ र दिल श्रेष्ठको सहयकार्यमा उक्त फिल्म बनेको हो । पोष्टर सार्वजनिक गरेपछि निर्देशक श्रेष्ठले अब चाँडै फिल्म सार्वजनिक प्रदर्शनी गर्ने बताए । उनले उक्त फिल्म बिभिन्न फेस्टीबलमा पनि पठाउने जानकार दिएका छन् ।
The traesonनिर्देशक श्रेष्ठले नेपालमा बस्दा नेपाल, गंगा, खाते जस्ता टेलिफिल्म निर्देशन गरेका थिए । उनले अमेरिका पुगेपछि विभिन्न सर्ट फिल्म निर्देशन गर्दै हलिउडसम्मको यात्रा तय गरेका हुन् ।