हंगकंगको जोर्डनस्थित नमोबुद्ध क्लबको सभा हलमा गीतकार तथा कवि डी.बि. पालुङ्वाको कविता संग्रह ‘विसंगति’ को बिमोचन यही फेब्रुवरी १६ आईतबार भयो ।
नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सुब्बा सम्बाहाङ्फे लिम्बु, नेपाली साहित्य प्रतिष्ठान हंगकंग सदस्य तथा भयबादका प्रवर्तक देश सुब्बा, सब्लाबुङ्ग साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशक राजकुमार राई, सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष तथा सिर्जनशील अराजक समुहका अभियान्ता हाङ्युग अज्ञात, जनजाति साहित्य समूह हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ्गले सामुहिक रुपमा गर्नु भएको थियो ।
पुस्तक बिमोचनपछि सब्लाबुङ्ग साहित्यिक पत्रिकाको सम्पादक तथा प्रकाशक राजकुमार राई, सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष तथा सिर्जनशील अराजक समुहका अभियान्ता हाङ्युग अज्ञात, जनजाति साहित्य समूह हंगकंग अध्यक्ष भुपेन्द्र चेम्जोङ्गले कविता संग्रह विसंगतिको बारेमा समिक्षा गर्नु भएको थियो ।
स्वागत मन्तब्य दिँदै नेपाली साहित्य प्रतिष्ठान हंगकंग सदस्य देश सुब्बाले यो कविता संग्रह विसंगतीबादसंग जोडिएको हो भन्ने कुरामा निक्कै जोड दिनु भयो । त्यसरी नै गीतकार तथा कवि डी बि पालुङ्वाले आफ्नो विचार राख्ने क्रममा पृथक ढंगले लेखनलाई अगाडी बढाउदै अहिलेको हाम्रो समाज विसंगतिपूर्ण भएकोले त्यहिँ विसंगतलाई कवितामा मैले उतारेको उल्लेख गर्नुभयो ।
विसंगतिका बारेमा कवि पालुङ्वाले लिखित बैचारिक दस्तावेज पढेर पेश गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै नेपाली साहित्य प्रतिष्ठान हंगकंग अध्यक्ष टंक सुब्बा सम्बाहाङ्फे लिम्बुले भन्नु भयो- हंगकंग अब नेपाली साहित्य लेखनको लागि आफ्नै खुट्टामा उभ्ने भई सकेको छ । किनभने यहाँबाट हाल सम्म भयवाद,समुच्च विचार,रेखा साहित्य र विसंगति बिचारहरु उत्पादित भएका छन् ।
यो नेपाली साहित्यको लागि धेरै ठुलो काम हो । कार्यक्रम संचालन नेपाली साहित्य प्रतिष्ठान हंगकंगका सदस्य दिल बहादुर पालुङ्वाले गर्नु भएको थियो । उक्त सभास्थलमा साहित्यकार पत्रकार लगायतको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली साहित्य प्रतिष्ठान हंगकंगले आयोजना गरेको थियो ।