बेल्जियमको चैतेदशैँमा स्वामी रामचन्द्र दास |

10248946_10200745338914506_293430929_nपूर्वीय दर्शनका व्याख्याता  स्वामी रामचन्द्र दासले बेल्जियममा चैते दशैँ मनाए|युरोपियन नागरिकको निमन्त्रणामा पूर्वीय दर्शन सम्वन्धि कार्यक्रमको शिलशिलामा युरोप आएका दासले सोमवार बाग्लुंग समाज बेल्जियमले लुभेनमा आयोजना गरेको चैते दशैँ पर्वमा सरिक हुदै चैते दशैँ मनाएका हुन्|

कार्यक्रममा दासले नागरिक जहाँ रहे पनि भाषा र संस्कृति नै देश र नागरिकको पहिचान भएको बताए|उनले भाषा बिना सस्कृतिको संरक्षण हुन नसक्ने बताउदै प्रवासमा भाषा संरक्षणमा पनि जोड दिए|उनले संस्कृत भाषा अध्यनमा कमि हुदै गएकोमा चिन्ता ब्यक्त गर्दै पूर्वीय दर्शन ज्ञानको खानी भएको समेत बताए| कार्यक्रममा शास्त्रीय तथा राष्ट्रिय नृत्य समेत प्रस्तुत गरीएको थियो|दास संगै युरोप भ्रमणको क्रममा रहेकी लक्ष्मी घिमिरे शास्त्रीय नृत्य प्रस्तुत गरेकी थिइन|10253128_10200745339434519_527279181_n

त्यसै गरी बेल्जियम निवासी निकिता सापकोटाले नृत्य र गायक दुर्गाकाजी शाक्यले गित प्रस्तुत गरेका थिए|कार्यक्रममा उपस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले नयाँ वर्ष तथा चैते दशैको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए|शुभकामना आदानप्रदान कार्यक्रममा मनरुपा आचार्यलाई समाजको जेष्ठ नागरिकको रुपमा सम्मान गरीएको थियो|

चैते दशैको अवसरमा कालिका भगवती मन्दिर बाग्लुंगमा टाढा टाढाबाट भक्तजनहरु दर्शनको लागी जाने गर्दछन|यसै अवसरमा बाग्लुंग महोत्सवको रुपमा मेला लाग्ने परम्परा रहेको छ|यसैको सम्झनामा बाग्लुंगबाट बेल्जियम आई बसोवास गर्ने नेपालीहरुले समाजको स्थापनाकाल देखि नै चैते दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन|’सबै नेपाली भएर चैते दशैँ मनाउन पाएकोमा खुशी लागेको छ|’समाजका अध्यक्ष देबु शर्मा पौडेलले बताए|           —परमानन्द सापकोटा 

974294_10200745337794478_173178864_n

 

10154726_10200745339914531_472558490_n