सुरुङ्ग-मार्ग निर्माणमा बेल्जियमबाट लगानी

नेपाल पूर्वाधार बिकास कम्पनी लि.ले काठमान्डौ-कुलेखानी-हेटौडा सुरुंग मार्गका लागि लगानी संकलन गर्ने जिम्मेवारी बेल्जियममा सहदेव गौतम र पदम गुरुङलाई दिएको छ|
गत माघमा काठमाडौंमा एनआरएन र नेपाल पूर्वाधार बिकास कम्पनी लि.बीच लगानी गर्ने बिषयमा सम्झौता भएको थियो| त्यस लगत्तै कम्पनीका अध्यक्ष कुशकुमार जोशी एनआरएनबाट लागानी जुटाउन अघिल्लो महिना यूरोप यात्रामा आएका थिए|
ktm-hetauda tunnelयस अघि नै जोशी र बेल्जियमका नेपाली बीच दुई करोड रकम लगानी गर्ने सहमती भै सकेको थियो| कम्पनीबाट जिम्मेवारी पाए लगत्तै गुरुङले लगानी बढाउने सम्वन्धमा नेपालीहरु ईच्छुक रहेको र संकलन तिब्र पारिएको जानकारी गराए|
लगानी गर्न चाहने प्रत्येक ब्याक्तिले ब्यक्तिगत रुपमा रु १० लाख रुपैया लगानी गर्न सक्ने प्रावधान रहेको छ|चार बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिने यस योजनाको लागी लगानीकर्ताले भने तिन बर्ष भित्रमा लगानी चुक्ता गरिसक्नु पर्दछ| तिन बर्ष भित्रमा तिन किस्ता गरी लगानी गर्न सकिने प्राबधान रहेको यस योजनामा पहिलो किस्ता(करिब तिन लाख)भने यहि असार मसान्त भित्र कम्पनीलाई बुझाई सक्नु पर्दछ|
५८ किमी लामो सुरुंगमार्ग निर्माणका करिब ३४ अर्ब जति रकम लाग्ने अनुमान गरिएको छ|यस मध्ये करिब पाँच अर्ब जति रुपैया गैर आवासीय नेपालीहरुबाट जुटाउने लक्ष्य कम्पनीले लिएको छ|
– दीपकज्योति पौडेल