विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा ३१ मार्चमा नयाँ नेतृत्व चयन गरेको छ।
नयाँ समितिको उपाध्यक्षमा करिष्मा घम, महासचिवमा थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारि साईला र शिवकुमार राई चयन भएका छन् भने शाखाको संरक्षकमा निवर्तमान अध्यक्ष विजय हितान रहेका छन्।
पहिलो चरणको अन्तमा कवि श्रीमति करिष्मा घमको तेस्रो कृति कविता संग्रह दुई किनारालाई केन्द्रीय अध्यक्ष तिगेला, निवर्तमान शाखा अध्यक्ष हितान र स्रष्टा स्वयं घमले विमोचन गरेका थिए।
दोस्रो चरणमा यस बर्षको अर्थआवरको उत्सव रहेको थियो। उक्त अवसरमा वातावरणिय सृजनाहरु वाचन गरिएका थिए । स्रष्टाहरु लाहाङ चेम्जोङ, घनबहादुर थापा, बासु शर्मा, विश्वास दीप तिगेला, थिर थापा, जानुका राई, करिष्मा घम, दिनेश पौडयाल, शंकर घिमिरे, दिल बहादुर पालुङ्वा, बिसी राई, गणेश पुन, गोपाल शाही पथिक, औतारी साईला र विजय हितान लगायतले सिर्जनाहरु वाचन गरेका थिए।
विश्व नेपाली साहित्य सम्मेलन ११, १२ अगष्टमा हुने
गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला र महासचिव डा. लेखनाथ काफ्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा दोस्रो विश्व नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने जनाइएको हो। सम्मेलनको केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति समेत गठन गरिएको छ।
बैठकले यस बर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखालाई घोषणा गरेको छ । यस अघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भईसकेका छन्।