साउदीमा धरपकड शुरु, नेपालीहरुले पाए सास्ती

आममाफीको समायावधि सकिएको तेश्रो दिन ११,७५६ आप्रवासीहरुलाई साउदी प्रहरीले पक्राउ गरेको समाचार अरवन्युजले जनाएको छ। पक्राउ परेकाहरुमा सयौं नेपालीसमेत छन्। यहाँको जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दमामको सिको गार्डेनबाट मात्रै ५ सय बढीलाई पक्राउ गरेको र त्यहाँ पक्राउ परेकामा १ सय ५० जना भन्दा बढी नेपालीहरु रहेका छन्।

यसरी पक्राउ पर्नेहरुमा साउदीका विभिन्न शहरहरुबाट एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्ने यात्रुहरु परेका छन् । मनिफामा कार्यरत नेस्मा कम्पनीका नेपालीको अनुसार अस्ति नयाँ साउदी भित्रिएका कामदारुहरुलाई लिएर आउने क्रममा एक नेपाली डाइभर विषणु पक्राउ परे । उनको साथमा अकमा भएपनि उनले मुख्य क्याम्पबाट मनिफा साइटमा लिएर आएका कामदाहरु भर्खरै साउदी प्रवेश गरेका हुँदा उनीस्हरुसँग अकमा नभएको वताइयो । दुइ दिनको जेल वसाइपछि कम्पनीद्धारा उनीहरुलाई छुटाइयो ।
saudi
आममाफीको प्रक्रियामा नपरेका अवैध आप्रवासीहरुको संख्या लगभग एक लाख रहेको अनुमान छ। प्रहरीले अहिलेसम्म सडकमा यात्रा गरिरहेका र सामूहिक बसोबास रहेको स्थानबाट मात्रै धरपकड गरिरहेको छ। केही दिनपछि भने आवासगृहमा समेत छापामारेर पक्राउ गर्नेछ।