साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ ।

Saudi arabiaसाउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी मार्च २९ (चैत १६) देखि लागू हुनेगरी आममाफीको घोषणा गरेका हुन् ।

श्रम ऐन उल्लंघन गरेर साउदी अरबमा बसेका आप्रवासी कामदारले ३ महिनाको अवधिमा विना कारवाही देश छाड्न सक्ने जनाइएको छ ।  साे अवधिमा साउदीमा गैरकानुनी तरिकाले साउदीमा रहेका नेपाली कामदार पनि घर फर्कन सक्ने त्यहास्थित नेपाली दूतावासले जनाएकाे छ ।

नैफले घर फर्कन चाहनेलाई सहजीकरण गर्न १९ निकाय तोकेको र ती  निकायलाई ब्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।