सांग्रिला समाज बेल्जियमको अध्यक्षमा खड्कबहादुर के.सी. निर्वाचित भएका छन| आईतवार लुभेनमा सम्पन्न समाजको चौथो अधिबेशनले केसीलाई अध्यक्षमा निर्वाचित गरेको हो| २ बर्षे कार्यकालको लागी उपाध्यक्षमा दीपकज्योति पौडेल र सबिता दाहाल आधिकारी,महासचिब परमानन्द सापकोटा,सचिब रुपा खड्का,कोषाध्यक्ष कविता थपलिया,सह-कोषाध्यक्ष बिष्णु थापा क्षेत्री,सदस्यहरुमा क्रमशः सरीता धवला,बलिराम झा,बिराट खड्का,रबिन श्रेष्ठ,झलक के.सी,सुवास गुरुङ,सुनिता गुरुङ र राजेश के सी निर्वाचित भएका छन्|समाजको १७ सदस्यीय कार्य समिति रहने ब्यवस्था छ|
यसै गरी सस्थापक अध्यक्ष पुष्पराज आधिकारी,पूर्व अध्यक्ष दीपेन्द्र के.सी र यामु निरौलाका साथै बिमल गिरी,मोहन खत्री,महेन्द्र बिक्रम भट्टराई,गंगाधर गौतम र सीता सापकोटा समाजका सल्लाहकार रहेका छन्|कार्यक्रम समाजका अध्यक्ष यामु निरौलाको सभापतित्व र एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो|
कार्यक्रमका अध्यक्ष निरौलाले बिगतमा भाषा संस्कृतिको क्षेत्रमा समाजले थालनी गरेका कुराहरुलाई अझै सशक्त बनाउनेमा बिश्वास ब्यक्त गर्दै नया कार्यसमितिको कार्यसफलताको शुभकामना दिए|प्रमुख अतिथि श्रेष्ठले समाजका गतिविधिको प्रशंशा गर्दै नेपाली भाषाकक्षा संचालनमा आफुले बिगतमा जस्तै सहयोग गर्ने प्रतिवद्वता जाहेर गरे|अर्का बक्ता एनआरएन बेल्जियमका महासचिब माधव सापकोटाले पनि अन्य सामाजिक कामको साथै भाषा कक्षा संचालनमा जोड दिदै एनआरएनले पूर्ण सहयोग गर्ने बिचार ब्यक्त गरे|यसै गरी अनेसास बेल्जियमका पूर्व अध्यक्ष बिमल गिरीले प्रवासमा नेपाली भाषालाई महत्व दिनु पर्नेमा जोड दिदै आगामी दुई सयौ भानु जयन्ती सबै संघ सस्थाको सहभागितामा भब्य रुपमा मनाउन गैरहेको जानकारी गराए|
परमानन्द सापकोटाद्वारा संचालित कार्यक्रममा समाजका महासचिब दीपकज्योति पौडेलले प्रगती प्रतिबेदन र कोषाध्यक्ष मोहन खत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए|कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए|
भाषा कक्षा संचालन गर्ने प्रमुख उद्वेश्य लिएर सन् २००५ मा स्थापना भएको समाजले बिगत देखि नै हाजिरीजवाफ,वाल हिज्जे,स्रष्ट्राका आगनमा सांग्रीला लगायत अन्य सामाजिक कार्य गर्दै आईरहेको छ|