श्वेताको मर्मस्पर्शी कविता

मानिस जन्म लिन्छ अनिवार्य मर्नु पर्छ तर यहि सबैको सबै भन्दा ठूलो दुखको कारण बन्छ तर आकस्मिक मृत्यु सधै पिरोलिई रहन्छ | सम्बन्ध तन swetaसग जोडिन्छ जब तन नै रहदैन उही सम्वन्ध मन सग जोडिन्छ र त्यहि जीवनको अंग बन्दछ |

भित्री मनको पिडा वा तनाव जति लुकाउने कोशिश गरे पनि त्यो झलक अनुहारमा दर्पणको रुपमा आई छोड्छ| भावानामा पहिरो गए पछी मनको बाध पनि फुट्छ | आज स्वेतालाई त्यहि भएको छ|उनि आफ्नै चलचित्र हेर्न सिनेमा हल जाउन वा साथि संघि अथवा परिवार सग बसुन तर सुन्यतामा हराउदै श्री कृष्णलाई सम्झेर भक्कानिएर रुने गर्छिन |जीवित  स्मृतिमा उनले यसो लेखिन कविता  मार्फत –

अनेक कोसिश गर्छु म अगाडी हिड्न
तर म आज आफैंलाई समाल्न सक्दिन ,
भन्थे जीन्दगीका हरेक मोडमा संगर्ष गर्छु
तर म आज आफैंलाई समाल्न सक्दिन ,
कुन दिनको पाप सजाएँ भोग्नु पर्यो मैले
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
दैब लग्नुको पनि एउटा सिमा हुन्थ्यो होला
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
सपना बुनेर के लागेको थिएँ जीन्दगी बसाल्न
टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई ,
हात चल्दैन आज मेरो खुट्टा अनि दिमाग पनि चल्दैन
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
रुन्न भन्छु , अघि हिड्न खोज्छु सक्दिन समाल्न
कहाँ गुहारौं कसलाई गुहारौं छैन मसंग शक्ति
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
फेरि विश्वास गर्छु एकपटक भगवान म तिमिलाई
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ,
लौ अब तिमि आफैं भन म कुन बाटो लागौं
मलाई गार्हो भयो आफैले आफैंलाई समाल्न ।।।