शुभेच्छाहरु, तीजलाई

ए चेलीहरु !
यसपालि पनि
मनग्गे शुभेच्छाहरु—
रातो साडीमा सजिएको,
पाइतालामुनि बुहार्तन कुल्चेर
छमछमी नाचेको
र, ठेट भाकामा
मादलझै घन्किएको
उमँगित तीजको ।

तर कति कति बेला
कहालिन्छु म सम्झिएर —
आफन्त÷माइती नभएकी
वा, आफन्तै भएरपनि नसम्झिएकी
कुनै चेलीको तीज,
तीन दिन भो
चुलोमा छाक नपुगेको
रिगटे साइलीको तीज,
र, दशकैपिच्छेको परिवर्तनले
थामीनसक्नु पाएकी
कुनै महिला नेतृको तीज ।

हो, आ–आफनै तरीकाले
मनाउने हो चाड
भर्खरै सँघारबाट ओर्लिएकी छिन
रिगटे साइली
तीजको हात थाप्न
उपल्लो गाउँतिर,
जनवादी गीत र नारी मुक्तिका जोडदार भाषण
घन्किएको छ खुल्ला मँचमा
आउनुहोस् महोदया आसनग्रहणका लागि
प्रचार गर्न सँविधान सभा चुनावको ।

बर्षे नदीले काटेको किनारझै
समयले काटेको भावीरेखा
भुलिएको छैन अझै
सन्धिखर्क भीडण्तमा परेको
तीज र पँचमीको व्रत,
पुछिएको सिँउदो
र, नथामिएको आँशु
कता–कता पोलिरहन्छ तीजले
शुभकामना बाँडिसकेर पनि
राता राता साडीहरुको लर्कोमा
देखेर सेतो पहिरन मेरी दिदीको
भरँग भएर झस्किन्छु र चिप्लिन्छु
त्यो व्दन्द, यो शान्ति (?), संविधान (?), विकास (?)
परिवर्तनको पहिरोमा ।

kabitaडढेलोले खाएको पाखोमा
भर्खरै पलाउँदै गरेका मुनाहरु
वादलहरुसँगै पहाडभरि छरिएका सपनाहरु
यीनै वीचमा उभिएर
ए चेलीहरु !
यसपालि पनि
मनग्गे शुभेच्छाहरु …………………
उमँगित तीजको ।
— दीपेन्द्र के.सी.
०२ सेप्टेम्वर २०१३
बागलुङ , हाल ओस्टण्डे बेल्जियम ।