शिक्षामन्त्रीसग जनसम्पर्क समिति बेल्जियमको अन्तरक्रिया सम्पन्न

janaजन सम्पर्क समिति बेल्जियमले नेपाल सरकारका शिक्षामन्त्री चित्रलेखा यादब सग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ| कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा बुधवार सम्पन्न भएको थियो|मन्त्री यादब ग्लोबल  पार्टनरसिप फर एजुकेशनको निमन्त्रणामा  बिकाशोन्मुख राष्ट्रहरुलाई शिक्षा क्षेत्रमा उपलब्ध गराउदै आएको सहयोग सम्वन्धि बैठकमा भाग लिन मंगलवार बेल्जियम आएकी थिइन|

मन्त्री यादबले नेपालका छात्राहरुलाई शिक्षामा सहयोग उपलब्ध गराउदै शिक्षा क्षेत्र तर्फ प्रेरित गर्ने आफ्नो योजना रहेको बताईंन|कार्यक्रममा बिबिध कुराहरुमा छलफल भएको थियो|सहभागीहरुले नेपालको समसमायिक राजनीति,नेपाल र बेल्जियम बिचको सम्वन्धका साथै बेल्जियमले नेपाली भाषा बोलेकै आधारमा जो कोहीलाई पनि नेपाल सुपुर्दगी गर्ने गरेको भन्ने बिषयमा छलफल गरेका थिए|

कार्यक्रममा मन्त्री यादबले भाषा बोलेकै आधारमा नेपाल सुपुर्दगी गर्ने भन्ने बिषयमा आफुलाई यथार्थ जानकारी नभएको बताउदै यस बिषयमा यथार्थ बुझेर मात्र कुटनैतिक रुपमा अगाडी बढ्ने जानकारी गराईन|

जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवाश जोशीको अध्यक्षता तथा सह-महामन्त्री सुवाश गुरुङ द्वारा संचालित कार्यक्रममा नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले समेत मन्तव्य राखेका थिए|