व्यवसायी संघ बेल्जियममा नयाँ कार्यसमिति

NEBAB4thनेपाल व्यवसायी संघ बेल्जियमको चौथो अधिवेसन सत्र सदस्यिय कार्यसमितिको चयन गर्दै जुलाई २८ मा भब्य रुपमा सम्पन्न भएको छ ।

बेल्जियमको बन्दरगाह सहर आन्त्वेर्पेनमा सम्पन्न भएको उक्त अधिवेसनले सर्वसम्मतिले पुनः हरी थपलियाकै अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । जसमा क्षेत्रगत प्रतिनिधित्व हुने गरी ५ उपाध्यक्षहरु किसन केसी, सिपी भट्ट, कमल भारती, भिम जोशी र सरस्वती चापागाइँ छन् । त्यस्तै, महासचिवमा लोक दाहाल, सचिव सुन्दर पौडेल, कोषाध्यक्ष सन्तोष प्रधान र सहकोषाध्यक्षमा निशा गुरुङ छन् । सदस्यहरुमा बाशु खड्का, सहदेव गौतम, दीपक पौडेल, राजु खड्का, आर. बि. घले र पंचम अधिकारी रहेका छन् ।

युरोपियन युनियन तथा बेनेलक्सलागि नेपाली राजदूत राममणि पोख्रेलले प्रमुख अतिथीको रूपमा बोल्दै इपर स्मारक बनाउने जिम्मा दूतावासले लिईसकेकोले अन्य संघसंस्थाहरुले टाउको नदुःखाउन अनुरोध गर्नुभयो ।

त्यस्तै नेपाली कन्सुल रोजर द ग्रोन, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ लगायत संघसंस्थाका प्रतिनिधिहरुले अधिवेसन सफलताको शुभकामना दिएका थिए ।

बेल्जियममा ३०० को हाराहारीमा नेपाली व्यवसायीहरू रहेका छन् भने व्यवसायमा आकर्षण रहेकाले यो सँख्या बढीरहेको छ । यसमध्ये नेपाल व्यवसायी संघ बेल्जियममा करिब ११५ आबद्ध छन् ।