व्यवसायी सँघ बेल्जियमद्वारा शेष घले सम्मानित (भिडियो सहित)

नेपाली व्यवसायी सँघ बेल्जियमले अस्ट्रेलियाका सफल नेपाली व्यवसायी शेष घले र श्रीमति जमुना घलेलाइ सम्मानित गरेको छ । २८ अगस्ट बुधवार बेल्जियमको आन्तवर्पेन सहरमा गरिएको सो कार्यक्रममा बोल्दै घलेले युरोपमा रहेका नेपाली व्यवसायीहरूको कार्य सफलता र व्यवसायीक सहयोगका निम्ति आफू उत्सुक रहेको बताउनु भयो ।
नेपाली व्यवसायी सँघ बेल्जियमका अध्यक्ष हरी थपलियाको अध्यक्षतामा भएको सो सम्मान समारोहमा घले दम्पतिलाई खादा ओढाइ सम्मानित गरिएको थियो । कार्यक्रममा व्यवसायी सँघ बेल्जियमका पूर्व अध्यक्ष अर्जुन श्रेष्ठले बेल्जियमका नेपाली व्यवसायीहरूको हिजोको अवस्था र एन. आर. एन. आन्दोलनको सान्दर्भिकताका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा जनसम्पर्क समिति युरोपका संयोजक दिल गुरूङ्ग, एन. आर. एन. यु. के. का पूर्व अध्यक्ष डम्बर घले, तमु धिँ यु. के. का अध्यक्ष क्षेत्र गुरूङ्ग, एन. आर. एन. बेल्जियमका अध्यक्ष प्रेम गुरूङ्ग, एन. आर. एन. बेल्जियमका आइ. सी. सी. प्रतिनिधि शिव बरूवाल, एन. पी. पी. एफ. बेल्जियमका अध्यक्ष चित्र सुवेदी, जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, पुराना पत्रकार गोविन्द लगायतका अतिथिहरूले सम्मान कार्यक्रमपछिको अन्तरकृयामा भाग लिएका थिए ।
Shesh Ghale in Antwerp
व्यवसायी सँघ बेल्जियमका महासचिव लोक दाहालले संचालन गर्नुभएको सो कार्यक्रममा सँघका उपाध्यक्ष किसन के. सी. ले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
अस्ट्रेलियाका दुई सय धनाढ्यहरूको सूचिमा सूचिकृत शेष घलेले एन. आर. एन. सँघको आगामी नेतृत्वमा अध्यक्षका लागि उमेदवारी घोषणा गरीसक्नु भएको छ । एन. आर. एन. सँघको निर्वाचनको पूर्व सन्ध्यामा प्रचार-प्रसारका क्रममा हाल उहाँ युरोप भ्रमणमा हुनुहुन्छ ।