एगन फ्युचर कप फुटबलमा नेपालका किशोर स्ट्राइकर विमल घर्तीमगरले २ गोल गरेका छन् । आइतबार दिउँसो भएको खेलमा विमलको गोलले एन्डरलेजले फिनरबाचेलाई २-० ले पराजीत गरेको छ ।
ट्रायलका लागि युरोप पुगेका उनले आइतबार भएको फ्यूचर कपको क्वाटर फाइनल खेलमा फिनरबाचेविरुद्ध गोल गरेका हुन् । यसअघि एन्डरलेजको यू–१७ टिममा रहेका विमलले सोही क्लवको यू–१९ टिमविरुद्ध दुई गोल गरेका थिए।
विमलकै प्रदर्शनका कारण शनिबार एसी मिलान २–१ गोलले पराजित भएको थियो । युरोपियन क्लवका अन्डर–१७ टोलीहरु प्रतियोगितामा सहभागी छन् ।