अँग्रेजी माध्यमको विद्यालय खोज्ने नेपाली अभिभावकका लागि खुशीको खबर, लुवेनमा अँग्रेजी माध्यमको प्राथमिक विद्यालय खुल्ने भएको छ । लुवेन विश्वविद्यालय, फ्लेमिश जैविक इन्स्टीच्यूट र Interuniversity Microelectronics Centre (IMEC) को संयुक्त प्रयासमा एक निजी प्राथमिक स्कूलको स्थापना हुनेछ जहाँ अंग्रेजी माध्यममा पढाइ हुनेछ ।
लुवेनको विश्वविद्यालय र अन्य कम्पनीहरूमा कार्यरत विदेशी कर्मचारीहरूको सुविधालाइ ध्यानमा राखेर विद्यालयको स्थापना भएको बताइएको छ ।
प्राथमिक विद्यालयको नयाँ पाठन आगामी सेप्टेम्बर २०१४ बाट शुरू हुनेछ ।
लुवेनमा अनुमानित १०,००० विदेशीहरू बस्ने अनुमान गरिन्छ । विदेशी मूलका बेल्जीयन नागरिकहरू समेत जोड्दा यो सँख्या अझ बढ्छ । लुवेन सहरमा नेपालीहरूको बाक्लो बस्ती छ ।