लुम्बिनी-कपिलवस्तु दिवस अभियान, बेल्जियमको राष्ट्रिय भेला सम्पन्न

भगवान गौतम ‘बुद्धको जन्मस्थल लुम्बिनी हो’ भन्दै विश्वव्यापी रुपमा प्रचार प्रसार र प्रवर्द्धन कार्य गर्दै आइरहेको लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान अन्तर्गतको राष्ट्रिय समिति बेल्जियमले आइतवार बेल्जियमको एन्टवेर्पेनमा राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

उक्त भेलाले टिकाराम पौडेलको संयोजकत्वमा १५ सदस्यीय नयाँ समिति गठन गरेको छ । जसमा डिल्लीराम भण्डारी, रजनी प्रधान, महेश थापा, विमल गिरी, ओम शर्मा, केजिन राई, शुष्माश्री थापा, हरि थपलिया, सिता सापकोटा, उज्ज्वल के. सी., दुर्गा सुवेदी, श्रीप्रसाद गुरुङ, जित लामा  र अनुजा प्रधान सदस्य रहेका छन् ।साथै उक्त भेलाले समितिको सल्लाहकारमा रविन्द्रमान श्रेष्ठ, सुरेन्द्र भूषाल, प्रेम गुरुङ र गंगाधर गौतमलाई चयन गरेको छ ।

“बेल्जियममा हुने आगामी अन्तर्राष्ट्रिय सेमिनारलाई भव्यताका साथ सफल बनाऔं, शान्तिका अग्रदुत बुद्धको जन्मस्थल उपर भएका विश्वव्यापी दिग्भ्रम निस्तेज पारौं” भन्ने नाराका साथ गरिएको उक्त भेलामा युरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेलले राष्ट्रिय भेलाको औपचारिक समुद्घाटन गरेका थिए । भेलाका प्रमुख अतिथि राजदूत पोखरेलले आफ्नो मन्तव्यको क्रममा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आगामी वर्ष बुद्ध जयन्तिको सन्दर्भमा ब्रुस्सेल्समा आयोजना गर्ने अन्तरराष्ट्रिय सेमिनारलाई सफल बनाउन अभियानको यस राष्ट्रिय समिति बेल्जियमलाई महत्वपुर्ण अवसर मिलेको बताउदै त्यस कार्यमा सबैको विशेष ध्यान पुगोस र सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेका थिए ।
Buddha program belgium
राष्ट्रिय भेलामा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले विश्व अभियान सुत्रपात भएदेखि हालसम्म अभियानले गरेका क्रियाकलाप र त्यसबाट प्राप्त उपलब्धिहरुको बारेमा औँल्याएका थिए|उक्त भेलामा एनआरएनए युरोप संयोजक अर्जुन कुमार श्रेष्ठ,एनआरएनए आईसीसी सल्लाहकार युवराज गुरुङ, प्रवासी नेपाली मंच, बेल्जियमका अध्यक्ष अर्जुन गुरुङ, नेपाली जनप्रगतिशिल मंच, बेल्जियमका अध्यक्ष चित्र सुवेदी, नेपाली जनसम्पर्क समिति, बेल्जियमका अध्यक्ष सुवास जोशीका साथै नेपाली पप गायक ओमविक्रम विष्टको समेत सहभागिता रहेको थियो ।

एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले २०० युरो आर्थिक सहयोग गरेका थिए भने नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरि थपलिया सभा कक्ष र पेय पदार्थ समेत उपलब्ध गराएका थिए । कार्यक्रमको संचालन ओम शर्माले संचालन गरेका थिए ।
२८ अक्टोबर २०१० मा बेल्जियममा राष्ट्रिय समिति गठन गरीएको थियो ।