बेल्जियममा लिङ्ग परिवर्तन गर्न चाहनेहरूको सँख्या बढ्दै गएको छ । लिङ्ग परिवर्तनका निम्ति यहाँको चर्चित गेन्ट युनिभर्सिटी शिक्षण अस्पतालमा गत वर्ष २०१३ मा १३३ जनाको शल्य चिकित्सा भएको थियो, जबकी सन् २००० मा २७ जनाको शल्य चिकित्सा भएको थियो ।
लिङ्ग परिवर्तनको लोकप्रीयता बढ्दै जाँदा पहिलो अपइन्टमेंन्टका लागि ४ महिना कुर्नुपर्ने र बाँकी शल्यकृयाका निम्ति २ वर्षको प्रतिक्षा गर्नुपर्ने भएको अस्पतालका एक चिकित्सकले यहाँको भिआरटी टेलीभिजनलाइ बताए ।