श्री पशुपतिनाथ फाउनडेशनद्वारा सञ्चालित नेपाली भाषा पाठशालाको आयोजनामा नानीहरूलाई पुस्तक, कापी, कलम प्रदान गरी अक्षारम्भ गर्दै सरस्वतीको फोटो स्थापना गरी पूजा गरेर सरस्वती पूजा मनाइयो।
स्थानीय गुरुहरु विष्णु पौडेल र रुद्र भट्टराईद्वारा वैदिक विधि अनुसार पुजाअर्चना गराएका थिए । पूजा अर्चनामा बालबालिकाहरु रमाउदै पूजा अर्चना गर्नमा व्यस्त थिए भने आजको दिनमा अक्षारम्भ गर्दा राम्रों हुने चलन अनुसार पहिलो पटक लेख्न सिकाउदै थिए।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाउने प्रचलन रहिआएकोछ । प्रवासमा रहेका नेपालीहरूले समेत आफ्ना नानीहरूलाई यस पर्वको समयमा सरस्वतीको पूजा गर्न लैजाने गरेकाछन्।
अमेरिकाका विभिन्न भागमा नेपालीको उपस्थिति बढे सँगै नेपाली भाषा स्कुलहरु बढेका छन् भने स्कुलहरुले आफ्नो कला र संस्कृति झल्कने कार्यक्रम गर्दै आईरहेकाछन । आजको दिनमा अमेरिकाका विभिन्न सहरका साथ अन्य देशहरूमा पनि श्रीपञ्चमी पर्व मनाएकाछन।