मिस नेपाल २०१४ को चम्किलो ताज धरानकी सुविन लिम्बुले आफ्नो शिरमा पहिरिएकी छिन्। द हिडन ट्रेजरको आयोजनामा शुक्रबार आर्मी अफिसर्स क्लबको हलमा सम्पन्न प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै सुविनले ताजलाई आफ्नो पक्षमा पारेकी हुन्।
शुरूदेखि नै आफूलाई निकै आत्मविश्वासका साथ प्रतियोगितामा प्रस्तुत गर्दै आएकी थिइन्। उपाधिसँगै उनले १ लाख नगद पाएकी छिन् भने डब्लूडब्लूएफ योङकन्भर्सेसन एम्बेसडोर पनि बेनेकी छिन्। मिस मंगोल २०१० को फस्र्टरनरअप रहेकी लिम्बुले फिलिपिन्समा आयोजना हुने मिस वल्र्ड २०१४ को ६४औं संस्करणमा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्नेछिन्।
‘यदि यो प्रतियोगिता जित्नुभयो भने नेपालमा छरिएर रहेका युवाहरुलाई एकै ठाउँमा राखेर नेपालमै राजगार दिन के सल्लाह दिनुहुन्छ?’ भन्ने निर्णायक मण्डलका प्रमुख तथा पूर्वप्रधानसेनापति रुग्मांगत कटुवालले सोधेको निर्णायक प्रश्नको जवाफमा २३ वर्षीया सुविनले आफ्नै देशमा रहेको स्रोत साधनको सही सदुपयोग गरी नेपालमै रोजगारको वातावरण निर्माण गर्ने सल्लाह दिने बताएकी थिइन्।