राष्ट्रपतिद्वारा चारबर्षको राष्ट्रिय चलचित्र पुरस्कार एकै पटक वितरण

काठमाडौं ,     राष्ट्रपति रामबरण यादबले चार बर्षका उत्कृष्ट चलचित्रका बिबिध विधामा पुरस्कारको वितरण गरेका छन् | चलचित्र विकास बोर्डले २०६७ साल मै राष्ट्रिय पुरस्कारको शुरुवात गर्न खोजे पनि बिबादमा पर्ने डरले बिगत ४ वर्षदेखि पुरस्कार नबाडेका राष्ट्रपतिले अन्तत सोमबार राष्ट्रपति निवासमा  आयोजित भव्य समारोहमा २०६७ यताका उत्कृष्ट चलचित्रका बिबिध विधामा एकै पटक सबै पुरस्कार बाडेका छन्|Picture125

पहिलो पटक घोषणा गरीएको दिर्घ साधना सम्मान निर्माता, निर्देशक र गीतकार यादव खरेलले प्राप्त गरेका छन् |भव्य समारोहका बीच राष्ट्रपतिले खरेललाई ताम्रपत्र र ३ लाख ५१ हजार १ सय १ राशिको सम्मान पनि प्रदान गरे |

चलचित्र विकास बोर्डले साघुरोलाई २०७० सालको उत्कृष्ट चलचित्रको घोषणा गरेको छ| २०७० का लागि अभिनेता/अभिनेत्रीतर्फ सुशांक मैनाली (साँघुरो) र गरिमा पन्त (झोला) उत्कृष्ट रहे | हालै सार्क फिल्म फेस्टिभलमा समेत दोस्रो बनेको ‘साँघुरो’ ले उत्कृष्ट फिल्म र पटकथा -विनोद पौडेल) अवार्ड पनि पायो । पहिलो फिल्म ‘अन्तराल’ बाटै दीपा बस्नेतले निर्देशकको अवार्ड पाइन्| संगीतकारमा ‘यी आँखामा तिमी छौ…’ (नाइँ नभन्नु ल २) का लागि वसन्त सापकोटा र गीतकारमा त्यही फिल्मको ‘मर्ने कसैलाई रहर हुँदैन…’ का लागि कृष्णहरि बराल उत्कृष्ट ठहरिए | छायांकनमा गौरीशंकर धुँजु (शिरीषको फूल) र सम्पादनमा लोकेश बज्राचार्य (कर्कश)ले अवार्ड जिते|

२०६९ का लागि अभिनेतामा विल्सनविक्रम राई (रिदम) र अभिनेत्रीमा झरना थापा (फेसबुक) उत्कृष्ट मानिए | उत्कृष्ट फिल्म घोषित ‘नोटबुक’ ले सम्पादन (बनिश शाह) को अवार्ड पनि पायो | ‘मायाज बार’ बाट दिनेश डिसीले निर्देशनमा राष्ट्रिय पुरस्कार पाए भने थ्रीडी प्रविधिमा खिचिएको ‘भिजिलान्ते’ बाट पुरुषोत्तम प्रधान छायांकारमा उत्कृष्ट ठहरिए | ‘मेरो कथा’ का देव नेपालले पटकथातर्फ अवार्ड जिते भने शृंगारमा निमा लामा (धन्दा) र गायनमा रजिना रिमाल (रिदम) ले जित हासिल गरे |

२०६८ को राष्ट्रिय पुरस्कारमा ‘लुट’ ले सबैभन्दा बढी तीन विधामा जित हासिल गर्यो जसमा (सम्पादन : सुरेन्द्र पौडेल, द्वन्द्व निर्देशन : योगेन्द्र श्रेष्ठ र अभिनेता : सौगात मल्ल) उत्कृष्ट ठहरिए |यसै गरी उत्कृष्ट फिल्म भने ‘मसान’ बन्यो | नीता ढुंगाना ‘मसान’ बाटै उत्कृष्ट अभिनेत्री ठहरिइन् |पटकथामा कर्ण शाक्य (पल), निर्देशनमा उज्ज्वल घिमिरे (अन्दाज), छायांकनमा विष्णु कल्पित (अञ्दाज) पुरस्कृत भए ।

२०६७ का लागि ‘बाटोमुनिको फूल’ ले आठ विधामध्ये ६ वटामा कब्जा जमायो | उत्कृष्ट फिल्म, निर्देशन/पटकथा (सुरज सुब्बा ‘नाल्बो’), अभिनेत्री (रेखा थापा), छायांकार (सञ्जय लामा) र सम्पादन -विपिन मल्ल) मा ‘बाटोमुनिको फूल’ ले अवार्डपायो | अभिनेतातर्फ आर्यन सिग्देल (कोही मेरो) र कला निर्देशनतर्फ निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन) उत्कृष्ट भए |

चलचित्र विकास बोर्डको १५ औं वाषिर्कोत्सव पारेर पुरस्कार समारोहको आयोजना गरीएको थियो|