रणवीर र दीपिकाले अर्को वर्ष विहे गर्ने

पछिल्ला दिनहरूमा बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको सम्वन्धको बिषयलाई लिएर हुने गरेको हल्ला उनीहरु बीच हुने विवाहले सकिएको छ ranveer-deepika|यी दुई चाडै विवाह गर्ने सोचमा रहेका छन् |एक निकै नजिकको श्रोतलाई उधृत गर्दै उनीहरु २०१५ मा विवाह बन्धनमा बाधिने भारतीय संचारमाध्यमले जनाएका छन|

यी दुवै जनासंग काम गरेका बलिउडका एक निर्देशक जसले रणवीर र दीपिका दुवै यो सम्बन्धलाई लिएर निकै गंभिर रहेका बताएका छन| उनीहरू सकेसम्म आफूहरूलाई सार्वजनिक स्थानमा राम्रो साथीको रूपमा देखाउने गर्छन् | तर, दुवैको एक अर्काप्रतिको उनीहरूको भावनामा लुकाउदैनन |

जोया अख्तरको आगामी फिल्म ‘दिल धडक्ने दो’मा रणवीरसँगै काम गरिरहेका छन् | उनको सुटिङ इस्तानबुलमा भइरहेको थियो |सोही समयमा अचानक सेटमा दीपिका पादुकोण पुगिन् र रणवीरलाई भेटेर फर्किइन् |उनी रणवीरलाई मात्र भेट्नका लागि त्यहाँ पुगेको बताइएको छ |

एक अभिनेताका अनुसार उनले जोया र अन्य कलाकारहरुबाट रणवीर-दीपिका अर्को वर्ष विहे गर्ने बारेमा विचार गरिरहेको कुराहरू सुनेका हुन्|

रणवीर सिंह र दीपिका पादुकोणले संजय लिला भंसालीको चलचित्र ‘राम-लीला’मा एकसाथ काम गरेका थिए|र यी दुईबीचको प्रेम चलचित्र सुटिङका क्रममा नै निकै गहिरिएको बताइएको छ |यी दुवै फेरि संजयको ‘बाजीराव मस्तानी’मा सँगै देखिदैछन|