अमेरिकाको एक सर्भे कम्पनीले मानिसहरुको यौन सम्बन्धका विषयमा एक विस्तृत तथा रोचक सर्भेक्षण गरेको छ । जसबाट निकै चाखलाग्दा तथा अनौठा खालका नतिजा बाहिर आएका छन् ।
झण्डै १० हजार मानिसमा यो सर्भेक्षण गरिएको थियो । यौन सम्बन्ध, प्रेम सम्बन्ध, दाम्पत्य जीवन, लगायतका विषयमा सहभागीलाई प्रश्न सोधिएको थियो ।
सर्भेक्षणबाट प्राप्त यौनसम्बन्धी केही रोचक तथ्य यस्ता छन् :
१, पुरुषमा भन्दा महिलामा यौनइच्छा बढी हुन्छ । तथापि सुरुमा उनीहरु यो प्रकट गर्न संकोच मान्छन् ।
२, विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कले मानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले गर्दा स्वभाविक रुपमा मान्छे बढी बाँच्छ ।
३, त्यस्तै, नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगको रोकथाममा सहयोग पुग्छ ।
४, यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये १०० मा ७२ जनाले नयाँ साथीसँग कुनै सुरक्षित उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
५, मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढी बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।
६, विश्वमा सबैभन्दा बढी गर्भनिरोधक चक्कीको प्रयोग १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढी असुरक्षित यौन सम्पर्क हुने गर्छ ।
७, श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भने लोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।