यूएस नेपाल चेम्बर अफ कमर्सलाई आधिकारीक मान्यता

अमेरिका अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको एकमात्र छाता संगठन अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) लाई अमेरिकाको वासिङटनडिसि स्थित रहेको नेपाली दुतावासले अमेरिकामा रहेका नेपाली व्यवसायीहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । अमेरिका नेपाल व्यवसायी संघ-(यूएस नेपाल चेम्बर अफ कमर्स) न्यूयोर्कमा अमेरिकाको कानुन अनुसार र  यो संस्था गैर राजनितीक , मुनाफा रहित संस्थाका रुपमा स्थापित  छ । हाल सम्म ३१वटा स्टेट बाट २५० देखी ३०० व्यपारीहरुले आवद्धता जनाइसकेको अफ कमर्सका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच मार्च १ सुक्रबार  भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी नेपाल सरकार, उधोग मन्त्रालय, नेपाल उधोग वाणिज्य महासंग, नेपाल चेम्बर अफ कमर्स लाई दिने भएको छ ।

संघका केन्द्रिय सदस्य वेद प्रसाद खरेलका अनुसार उक्त संघ अमेरिका ३१ स्टेटमा पुगि सकेको झण्डै २५० देखी ३०० व्यापारीहरुले आवद्घता जनाइसकेका,संस्थाको विधान बनाउने कार्य सम्पन्न भइसकेको छ भन्दै केहि दिन भित्र सदस्यता वितरणको कार्य शुरु हुने ,हरेक व्यवसायी सदस्यता वापत १०० तिनुपर्ने छ । यो संस्था विशुद्घ गैह्र राजनितीक ,मुनाफा रहित र व्यापारीक संस्था भएकोले यसमा कसैले राजनिती घुसाउन चाहेमा मान्य हुने छैन भन्दै हामी व्यापारी हौ र अमेरिकामा रहेका व्यापारीको हकहित कसरी सुरक्षित हुन्छ भन्ने मात्र प्रमुख प्राथमिकता रहने छ US Nepal chamber ।