युरोपेली जनताको सबैभन्दा ठूलो चिन्ता ‘बेरोजगारी’

युरोपेली जनता मुद्रास्फीति, भाडा वृद्धि वा अपराध वृद्धिभन्दा जस्ता अन्य कुनै सामाजिक वा आर्थिक समस्याभन्दा बेरोजगारीबाट सबैभन्दा बढी तर्सिने गरेको तथ्य १२ मुलुकमा गरिएको र जर्मनीमा मङ्गलबार प्रकाशित एक सर्वेक्षणमा उल्लेख गरिएको छ ।

सङ्कटग्रस्त सात मुलुकमा बेरोजगार हुनेको डर सबैभन्दा बढी देखिएको छ । यस्तो बेरोजगारको चिन्ता ७२ प्रतिशत स्पेनीश सहभागी, ६९ प्रतिशत फ्रान्सेली सहभागी तथा ३२ प्रशित जर्मन सहभागीमा देखिएको एएफपीले जनाएको छ ।

समग्रमा, यस विषयमा सबैभन्दा डराउने नागरिकको रूपमा जर्मन देखापरेका छन् भने आयरिस तथा स्विडिस जनताले यस्तो विषयमा ध्यान बेवास्ता गरेको देखिएको छ ।

ready for workयो अध्ययन जीएफके नामक नाफा कमाउने उद्देश्य नभएको अनुसन्धान संस्थाले गरेको हो । सँस्थाले हरेक वर्ष ‘समाधान गर्नुपर्ने समस्या के हो ?’ भन्ने प्रश्न सहभागीहरूसँग सोध्ने गर्छ ।

युरोपमा प्रमुख दस समस्याको रूपमा बेरोजगारीका अलावा मुद्रास्फीति, आर्थिक स्थायित्व, स्वास्थ्य प्रणाली, भाडा तथा आवास, शासन, निवृत्तभरण, शिक्षा, भ्रष्टाचार तथा अपराध देखिएका छन् ।

सन् २०१३ मा युरोपेली जनताका लागि वातावरणीय चुनौती तथा आतङ्कवादको चेतावनी प्रमुख दस समस्याको रूपमा नरहेको ‘‘च्यालेन्जेज अफ युरोप २०१३’’ नामक सर्वेक्षणमा देखिएको छ ।

युरोपमा ३७ प्रतिशत सहभागीका लागि बेरोजगारी सबैभन्दा ठूलो समस्याको रूपमा देखिएको छ भने नेदरल्यान्डमा आर्थिक स्थायित्व तथा रसियामा मुद्रास्फीति सबैभन्दा चिन्ताजनक सरोकार बनेको छ ।

यस वर्ष भ्रष्टाचार पनि प्रमुख समस्याको रूपमा देखिएको छ । खासगरि स्पेनीश सहभागीहरूले यो विषयलाइ चर्को रूपमा उठाएका छन् ।

यस सर्वेक्षणमा अस्ट्रिया, बेल्जियम, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोल्यान्ड, रसिया, स्पेन, स्विडेन तथा आयरल्यान्डका १३ हजार ३०० नागरिक सहभागी भएका थिए ।