युरोपमा प्रतिबन्धित भारतीय आँप नेपालमा बिक्री

मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु बिहान बिक्रीको लागि बजार लैजाने गरेको फेला परेको समाचार आजको आर्थिक दैनिकमा छापिएको छ।

mangoबिहीबार बिहान कुलेश्वरबाट साइकलमा आँप बिक्रीको लागि बजार निस्कँदै गरेका भारत पटियानी घर भएका मोहम्मद मिजुलले आँपमा विषादी हालेर पकाइने गरेको स्वीकार गरेको छ । उनले भने,’हामीले पनि खरिद गरेर लैजाने हो सर, बिहान साइकलमा लोड गर्दासम्म त तातो नै हुन्छ । कार्बाइड नहाली त तातो हुँदैन ।’

मिजुल मात्रै होइन, बजारमा आँप बिक्री गर्ने बिक्रेताहरु झिसमिसेमै आँपको गोदाममा पुग्छन्, तातो, तातो आँप लोड गर्छन र बजारतिर दौडाउँछन् । तातो हुनुको अर्थ कार्बाइड प्रयोग गरेर पकाइएको भन्ने प्रमाणित हुन्छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन (क प्रकारको ग्यास)ले काँचो फलफूल एकै रातमा पकाउन सक्छ ।

युरोपमा भारतीय आँप प्रतिवबन्ध युरोपियन युनियनले अत्यधिक कार्बाइड प्रयोग गरिएका कारण भारतीय आँपमाथि प्रतिबन्ध लगाएको छ । गत मे १ गतेबाट लागू हुने गरी आगामी २०१५ मे १ तारिखसम्मको लागि भारतीय आँप प्रतिबन्ध लगाइएको छ ।