युरोपका नेपाली पत्रकारहरूको नेतृत्वको नाटक

नेपाल पत्रकार महासँघ, युरोप शाखाको अधिवेसन नाटक मंचन गरेर सम्पन्न भएको छ । आज आइतवार बेल्जियमको एन्टवर्पमा भएको युरोप शाखाको दोस्रो अधिवेसनले २ वर्षअघि पेरिसमा सम्पन्न पहिलो अधिवेसनका सदस्यहरूलाई अमान्य मान्दै आफ्नै निर्णयहरू गरेको छ । पेरिसमा सम्पन्न पहिलो अधिवेसनको निरन्तरता नमानी अधिवेसन फ्लोरले नयाँ मापदण्ड र ढंगबाट नयाँ नेतृत्वको चयन गर्ने गफ गर्यो । अन्ततः कुनै कुरामा सहमति हुन नसकेपछि नेतृत्व चयनलाइ थाँति राखिएको छ । केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले पछि निर्णय हुने बताएर आपसी विवादमा रूमल्लिएका समूहलाइ ‘पर्ख र हेर’ को अवस्थामा राखिदिएका छन् ।

FNJ Europe II convention

(थप खबर आउँदैछ …)