युरोपका जनप्रगतिशील मोर्चाद्वारा जारी संयुक्त बिज्ञप्ती

ईजरायलद्वारा प्यालेष्टाइनमा भै रहेको आक्रमणबाट हजारौँ निर्दोष नागरिकको ज्यान गएकोले मानव अधिकारको रक्षाको साथै प्यालेष्टाइनलाई एउटा स्वतन्त्र र सार्वभौम राज्यको रुपमा स्वीकार गर्न आहन गर्दै युरोपका जनप्रगतिशील मोर्चाहरुले संयुक्त बिज्ञप्ती जारी गरेका छन्।

जारी बिज्ञप्ती:

गाजा क्षेत्रमा भइरहेको नरसंहारको विरोध गरौं ।

इजरायल र प्यालेष्टाइनको वीचमा गत तीन हप्ता देखी जारी भएको आक्रमणमा परि मर्नेहरुको संख्या १४०० नाघिसकेको छ हजारौंको संख्यामा घाइते भएका छन् । इजरायलको तर्फवाट प्रयोग भएका हवाई तथा स्थल आक्रमणवाट हजारौं सर्वसाधारणहरु मारिएका छन् । इजरायलले युद्धको सामान्य नियमको पनि पालना नगरी घना वस्ती,विद्यालय,अस्पताल,शरणर्थी शिवीर जस्ता स्थानहरुमा अन्धाधुन्ध आक्रमण गरिरहेकोले प्यालेष्टाइनतर्फ सर्वसाधारण तथा नावालकहरु आक्रमणको शिकार वनेका छन् ।

संयुक्त राष्ट्रसंघलगायतले गरेको युद्धविरामको पहल पनि इजरायलको हठका कारण कार्यान्वयन हुन सकेन र यो आक्रमणले झनै उग्र रुप लिन पुगेको छ । अत्यन्त निरीह निशष्त्र मानिसहरुमाथि हमला गर्नु,पानी विजुलीको स्रोतहरुलाई ध्वंस पार्नु, विद्यालय, अस्पताल, शरणार्थी शिवीर जस्ता स्थानहरुमा अन्धाधुन्ध वम प्रहार गरी ध्वंश पार्नुु, खाध्यानका स्रोतहरुलाई वन्द गर्नु जस्ता हर्कत मार्फत इजरायलले युद्ध अपराध गरिराखेको छ । त्यसैले यो युद्ध अपराधलाई रोक्न र प्यालेष्टाइनलाई एउटा स्वतन्त्र र सार्वभौम राज्यको रुपमा स्वीकार गर्न हामी यो विज्ञप्तिमार्फत आहन गर्दछौं ।

 

विष्णु भुजेल-संयोजक,नपाली जन प्रगतिशील मोर्चा , युरोप

राम वहादुर गुरुङ्ग-संयोजक,नेपाली जनजाती सरोकार मञ्च ,युरोप

प्रेम पाठक-अध्यक्ष,नेपाली जनप्रगतिशील मोर्चा ,वेल्जियम

विनोद कार्की-संयोजक,अन्तर्रराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मञ्च ,जर्मनी

वदन योङ्गहाङ्ग-अध्यक्ष,नेपाली जनजाती सरोकार मञ्च ,वेल्जियम

इश्वर शर्मा-अध्यक्ष्य,नेपाली जनप्रगतिशील मञ्च ,स्पेन

वावुराम खतिवडा-अध्यक्ष्य,नेपाली जनप्रगतिशील मोर्चा ,इटाली

गंगालाल श्रेष्ठ-अध्यक्ष्य,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा ,जर्मनी

इन्द्र न्यौपाने-संयोजक,नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल

वुद्धि तामाङ्ग-संयोजक,नेपाली जनप्रगतिशील मोर्चा ,अष्ट्रिया

३ १ जुलाई २०१४