(कविता)
मुस्किलले अनुमति पाएर
तपाईंहरुको माझ
आईे पुगेको छु |
धन कमाउन
प्रवासमा त्यति नसके पनि
ईमान्दारीतामा चलेकै छु |
सहयोगी हात र परोपकारी मन भएकाहरुसँग
हातेमालो गरेकै छु |
एकाध बाहेक
संगत त मेरो पनि
गर्व गर्ने खाल कै छ |
शुभ-चिन्तकहरुले
एक पछि अर्को
प्रवासबाटै कृति राखेको
खबर सुन्न पाउदा
यो मेरो मन
हर्षले गदगद भएको छ |
मेरो मष्तिष्कमा पनि
अनगिन्ती सोचहरु आईेराख्छन्
परिस्थितीले गर्दा
अहिले संयमित हुनुपरेको छ |
दु:ख सुखलाई सहदै
सन्ततिको सुवर्ण भविश्यको आशामा
अहिले अल्झिन पुगेको छु |
तपाईंहरुको हौसला र
समय अनुकूल हुने बित्तिकै
स्वदेश देखि विदेशसम्मका
मेरो मनका तरङ्गहरु
तपाईंहरु माझ कृति बनाई
अवश्य पनि ल्याउने छु |
मोहन खत्री
कलंकी, काठमाडौं,हाल: बेल्जियम